निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं, ८ वैशाख।

नेपाली सेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४ दशमलव ९४ अंकले सुधार भएको हो ।
नेप्से परिसूचक २३ सय २५ दशमलव ४५ अंक र सेन्सेटिभ इन्डेक्स २ दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार आठ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा बुधबार ३६ दशमलव ७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस्तै, मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेको थियो । झिनो सुधार आए सेयर बजारमा एक सय १२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन भने एक सय तीन कम्पनीका सेयरधनीले गुमाए । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेम्चर लिमिटेडको सेयर मूल्यमा बिहीबार पनि १० प्रतिशत बढेर कारोबार भएको छ ।
सर्किट लागेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६४ रुपैयाँ बढेर सात सय नौ रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयर ३२ रुपैयाँ बढेर तीन सय आठ रुपैयाँ पुगेको छ । नेप्सेमा बिहीबार नेस्डो लघुवित्त, नबिल बैंक, सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |