Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

बल्ल उठ्यो ल्योसिंद्यो

५८८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (३ साल अघि)
बल्ल उठ्यो ल्योसिंद्यो

भक्तपुर, १ वैशाख

भक्तपुरको बिस्का जात्राको ल्योसिंद्य बल्ल उठेको छ । बुधबार राति नै उठाइसक्नु पर्ने ल्योसिंद्य बिहीबार दिउँसो साढे तीन बजे मात्रै उठाउन सफल भएको हो ।

बुधबार साँझदेखि रातभर प्रयास गर्दा पनि ल्योसिंद्य उभ्याउने प्रयास विफल भएको थियो । भक्तपुर नगरपालिका वडा नम्बर ५ ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य साँझदेखि रातभर प्रयास हुँदा पनि उभ्याउने प्रयास सफल नभएको हो ।

५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर, ल्योसिंद्य उठाउने नसकेको इतिहास नै भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ ।

यसलाई उठाउन बिहीबार पनि बिहानैदेखि प्रयास भएको थियो । त्यो प्रयास साढे तीन बजे मात्रै सफल हुन सकेको थियो । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । ल्योसिंद्यो उठाउने क्रममा पटक-पटक डोरी चुँडेको थियो ।

उठाइएको ल्योसिंद्योलाई परम्परा अनुसार आजै साँझ ढालिन्छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौं जात्राप्रेमी यो जात्रा हेर्न आउने गर्दछन् ।

यसअघि नयाँवर्ष चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्त्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउने गर्दछन् ।

किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भुत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्धि नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर, जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुई वटा नागनागिनी निस्केर अजिङ्गरको रुपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठियार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुई वटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्बन्धी अनेक किंवदन्ती छन् ।

भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात् देवता (रथ) माथि सवारी हुने भनिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

  • यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • समाचार
    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0