धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
काठमाडौं, १ वैशाख
गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनामा सक्रियता बढाएका छन् ।
गृहमन्त्रीले मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् व्यवस्थापन कोष मार्फत निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई गति प्रदान गरेका हुन् ।
हालसम्म सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाको लागि ५ करोड ६ लाख २६ हजार २५० रुपैयाँ पठाइसएिको गृहले जानकारी दिएको छ ।
गृहका अनुसार पुनर्निर्माणका २१४ र पुनस्र्थापनाका ६२५ जना लाभग्राहीको पहिलो किस्ता वापतको अनुदान र अस्थायी आवासतर्फको पहिलो किस्ता वापत गरी ३ करोड ६३ लाख २६ हजार २५० रुपैयाँ पठाइएको छ ।
यस्तै, २८६ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि १ करोड ४३ लाख रुपैयाँ अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ । गत चैतको अन्तिम साता बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले थप अनुदान रकम माग तथा वितरण गर्न पनि निर्देशन दिएको छ ।
बैठकले सिन्धुपाल्चोकमा कायम गरिएका ९७६ लाभग्राहीको प्रमाणित विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई आग्रह गरेको छ ।
हालसम्म जुगल गाउँपालिकाका २०८ र मेलम्ची नगरपालिकाका १४१ गरी कूल ३४९ लाभग्राहीलाई मात्र अस्थायी आवास तर्फ अनुदान प्रदान भएको जनाउँदै प्राधिकरणले भुक्तानी दिन बाँकी लाभग्राहीलाई समेत अनुदान उपलब्ध गराउन भनेको छ ।
यस्तै, अनुदान लागत सहभागिताको लागि प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत, महानगरपालिका तथा उपमहानगरपालिकाले व्यहोर्ने २० प्रतिशत, नगरपालिकाले व्यहोर्ने १५ प्रतिशत र गाउँपालिकाले व्यहोर्ने १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइदिन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |