धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
न्युयोर्क, १ वैशाख
युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ । ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्धहरु लगाएका थिए। त्यसको बदलामा रुसले पनि ति देशहरुमाथि प्रतिबन्ध लगाएको हो ।
यसैबीच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।-एजेन्सी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |