Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

नागरिकता नपाएरै गयो तीन पुस्ता

७०४ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २८, सोमबार (३ साल अघि)
नागरिकता नपाएरै गयो तीन पुस्ता

नेपालमै जन्मिए बसोबास नै नेपालमै भएको तीन पुस्ताले नागरिकता नपाएको एक परिवारले जनाएको छ । तीन पुस्ताले नागरिकताका लागि अपिल गरे पनि नातिको पाल सम्म आउँदा पनि सहज रुपमा नागरिकता पाउन नसकेको उनीहरूको गुनासो छ ।

दाङको गढवा गाउँपालिका–८ (साबिक कोइलाबास गाविस–९) मा जन्मिएका अर्जुन भुजले बाजे बा र आफूले नेपाली नागरिकता लिन सबै प्रक्रिया पुरा गरे पनि अहिलेसम्म नागरिकता नपाएको बताएका छन् ।

कोइलावासमा बस्दै आएका उनका हजुरबुवा–हजुरआमाले एक पटक नागरिकता लिने प्रयास गरे लिन सकेनन् । त्यसपछि  कहिल्यै उनीहरूलाई नागरिकता चाहिएन । अर्जुनका बुवा प्रेमलाल भुजले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । तर, बाबुको नागरिकता नभएको कारण देखाउँदै उनको निवेदन प्रशासनले अस्वीकार गरिदियो । नागरिकता नपाएपछि उनी आफ्ना बाबुबाजे जस्तै खेती–किसानीमै सीमित भए । गैर  नागरिक भएर नेपालमा बसी रहे ।

अर्जुनकी आमा दिपा रावतको वंशजको नागरिकता छ । दिपाले बुवा बेलु रावतबाट १७ माघ २०५५ मा जिल्ला प्रशासन कार्यालय, दाङबाट वंशजको आधारमा नागरिकता लिएकी छन् । प्रेमलाल र दिपाका दुई सन्तानमध्ये अर्जुन र उनका भाइ अनिल उमेर पुगेर पनि नागरिकताविहीन अवस्थामा छन् अहिले । अहिलेकै स्थानमा आफ्ना तीन पुस्ताको बसोबास रहेको छ । ‘मेरा बुबाका बाबा पनि यही ठाउँमा जन्मिनुभएको हो,’ प्रेमलालले भने, ‘काकाका छोराले नागरिकता लिए तर मेरो बुबाले नागरिकता नबनाएर बित्नुभयो । यसले गर्दा अहिले हामी अनागरिक भएका छौं ।’

प्रेमलाललाई २०५८ साल चैत १४ गतेको मितिमा श्री ५ को सरकार स्थानीय विकास मन्त्रालय कोइलाबास गाउँ विकास समितिको कार्यालयले परिचय पत्र दिएको छ । तर, उनका बुबाको नागरिकता नभएका कारण अहिले उनीसँगै दुई छोरोको नागरिकता बन्न सकेको छैन ।

२२ वर्षीय अर्जुन नागरिकताका लागि धाउन थालेको तीन वर्ष भयो । उनीहरूका सुरुमा नागरिकताको सिफारिसका लागि उनले बुवाको (परिचय पत्र) र आमाको (वंशजको आधार)को नेपाली नागरिकतासँगै जन्मदर्ताको प्रमाणपत्र संलग्न गरी वडा कार्यालयमा निवेदन दिए ।

कागजपत्रको आधारमा वडा कार्यालयले सिफारिस पनि दियो र उनी जिल्ला प्रशासन कार्यालय दाङ पुगे । जिल्ला प्रशासन कार्यालयले जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई नागरिकता दिन नसकिने जवाफ दिएर फर्काइदियो ।

संविधानमा भएको व्यवस्था बमोजिम आमाको वंशजको नागरिकताका आधारमा मात्रै पनि अर्जुन भुज नागरिकताका हकदार हुन् । तर, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीले उनलाई तत्काल नागरिकता दिन नसक्ने जवाफ दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

  • नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालयको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालयको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

  • ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • समाचार
    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालयको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालयको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0