धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
खोटाङ, २३ चैत
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् । १७ चैतदेखि १९ चैतसम्म कामाडौंमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् ।
भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् ।
४० प्रतिशत महिलाको प्रतिनिधित्व रहनेगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विस्तार गरिएको महासचिव आहुतिले बुधबार जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । सुरुदेखि आहुतिकै नेतृत्वमा चल्दैआएको वैज्ञानिक समाजवादीले औपचारिक रूपमा पार्टीको वैचारिक काम सुरु भएको ३ वर्ष र संगठनात्मक काम सुरु गरेको करिब १५ महिनापछि प्रथम राष्ट्रिय भेला गरेको हो ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले महासचिव आहुति र प्रवक्ता रायमाझी रहेको १५ सदस्यीय केन्द्रीय सचिवालय कमिटी बनाएको छ । सचिवालयमा मदन अर्याल, राजकुमार हिङमाङ, सागर लिम्बु, धनकुमारी सुनार, राजेश्वरी सुवेदी, डिबी सर्वश्रेष्ठ, आशिष लिम्बु, वैद्यनाथ ठाकुर, बुद्धलक्ष्मी महर्जन, विनोद सुनाम, लछुराम बिक, पुष्पकुमार भण्डारी र श्याम कुँवर छन् । यस्तै, सल्लाहकार समितिमा आरपी गुरागाई, डा. अजय यादव, मोहन साशंकर र डा. सञ्जय शाहलाई राखिएको छ ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रदेश १ संयोजकमा आशिष लिम्बु, मधेश प्रदेशमा वैद्यनाथ ठाकुर, बागमती प्रदेशमा बुद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेशमा विनोद सोनाम, लुम्बिनी प्रदेशमा लछुराम बिक, कर्णाली प्रदेशमा पुष्पकुमार भण्डारी र सुदूरपश्चिम प्रदेश संयोजकमा श्याम कुँवरलाई जिम्मेवारी दिएको छ ।
भेलाले एमसीसी, निर्वाचन, भ्रष्टाचार लगायतका समसामयिक राजनीतिक परिस्थितिका विषयमा ८ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको सचिवालय सदस्य राजकुमार हिङमाङले बताए । पार्टीले निर्वाचन बहिस्कारदेखि हरेक स्थानीय तहमा ‘हिसाब खोज’ आन्दोलन अगाडि बढाउने निर्णय गरेको विज्ञाप्तीमा जनाइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |