नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२३ चैत।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले अबदेखि स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका छन्।सरकारले गत हप्ता स्वीकृत गरेको कार्यविधिअनुसार अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब मिर्गौला पीडित व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ । सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तीन–तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उहाँको भनाइ छ ।
उपचार खर्चबापत सो रकम पहिले नै पेन्सन पाइराखेकाहरूले भने नपाउने तर ज्येष्ठ नागरिक तथा एकल महिलाले भत्ता पाइरहेको भए पनि उपचार बापतको रकम पाउने डा. अधिकारीले स्पष्ट पार्नुभयो ।
सरकारले गत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |