निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,२२ चैत।
बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रभित्र पर्ने स्थानीयले घरगोठ, फलफूल लगायत बोटविरूवाको क्षतिपूर्ति पाउने भएका छन्।धादिङ र गोरखाका साविक २७ गाविसका स्थानीयले घरगोठ, फलफूललगायत बोटविरूवाको क्षतिपूर्ति पाउने भएका हुन्।
जग्गाको मुआब्जा लिइसकेकाहरू र नलिएकाहरूले पनि घरगोठलगायत भौतिक संरचना र फलफूललगायत बोटविरूवाको क्षतिपूर्ति पाउने छन्।घरगोठ, फलफूलगायतको क्षतिपूर्तिका लागि दाबी गर्दै आजदेखि निवेदन दिन सकिने भएको छ।
धादिङतर्फका साविक गाविसहरू सलाङ, खरी, मैदी, चैनपुर, जयाम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक, त्रिपुरेश्वरका आयोजना क्षेत्रभित्र पर्नेहरूले क्षतिपूर्ति पाउँछन्।
साथै गोरखातर्फका घ्याल्चोक, भूम्लिचोक, दर्बुङ, फुजेल, बुंकोट, नाम्जुङ, बोर्लाङ, धावा, तान्द्राङ, अश्राङ, आरूचनौटे, आरूआर्वाङ, आरूपोखरी, थुमीका स्थानीयले आयोजना क्षेत्रभित्र पर्ने घरगोठ र बोटविरूवाको क्षतिपूर्ति पाउने भएका हुन्।
चैत २१ मा बसेको क्षतिपूर्ति निर्धारण समिति बैठकले घरगोठ र बोटविरूवाको दररेट कायम गर्दै आजदेखि निवेदन लिएर क्षतिपूर्ति दाबी गर्न सक्ने निर्णय गरेको हो।क्षतिपूर्ति दाबी गर्न सम्बन्धित जग्गा धनीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, लालपूर्जा वा आफूसँग भएको प्रमाण लिएर रू १० को टिकट टाँस गर्दै निवेदन दिनुपर्नेछ।
गोरखाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण मुआब्जा वितरण तथा पुनर्वास एवं पुनर्स्थापना एकाइको कार्यालयमा गएर निवेदन दिन सकिनेछ।
आयोजनाले बोटविरूवातर्फ साल, बोटध्याइरो, बर्रो, सिसउ, चाँप, करम, खयर, उतिस, कटुस, मसला, सल्लो, हर्रो, चिलाउने, सिमल, जामुन, कर्मा, टुनी, सिरिस, गुटेल, पपलार, साजलगायत रूखको क्षतिपूर्ति दिने भएको छ।सालको गोलिया काठको प्रतिक्युफिट एक हजार दररेट तोकिएको छ। दररेट विवरण आयोजनाले आज गोरखापत्रमा सूचना निकालेर उल्लेख गरेको छ।
आयोजनाले स्थानीस्तरमा पाइने फलफूलको दररेट तोकेको छ।उत्पादन दिन लाग्ने समय र वर्षमा उत्पादन हुन सक्ने फलको मात्राअनुसार रकम निर्धारण गरिएका छन्।आँप विरूवा सारेको ६ वर्षपछि मात्रै फल्ने गरी प्रतिवर्ष प्रतिबोटबाट चार हजार छ सय आम्दानी हुने अनुमान गर्दै दररेट निर्धारण गरिएको छ।लिची पनि विरूवा सारेको ६ वर्षमा फल दिने र प्रतिवर्ष प्रतिबोटले छ हजार तीन सय आम्दानी हुने दररेट कायम भएका छन्।
यस्तो छ फलफूलको दररेटः



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |