शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
काठमाडौं, २२ चैत
चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ ।
भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो ।
सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल आयत गरेको छ। सो मुल्यमा ४३ करोड ४१ लाख ३२ हजार ३२२ केजी चामल नेलालले आयात गरेको हो ।
सोही अवधिमा विभिन्न देशबाट १४ अर्ब ७७ लाख ६३ हजार रुपैयाँको धान नेपालले आयात गरेको छ । सो मुल्यमा ४७ करोड ७३ लाख ११ हजार ९८२ केजी धान नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।
नेपालमा धान तथा चामल भारत, चीन, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, जापान, अमेरिकी, इटाली, बेलायत, भियतनाम र अष्ट्रेलियाबाट भित्रने गरेको छ ।
भारतबाट धान मात्र १३ अर्ब ९७ करोड ५५ लाख ८८ हजार रुपैयाँको नेपाल भित्रिएको छ । यस्तै सोही समयमा २२ अर्ब ५७ करोड ४७ लाख ५२ हजार रुपैयाँ चामल भारतबाट नेपालले आयात गरेको देखिन्छ ।
पछिल्लो आठ महिनामा अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजार रुपैयाँको चामल नेपालमा आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |