धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,१९ चैत।
धादिङ पोष्ट डटकमका प्रधान सम्पादक धादिङका पत्रकार नारायण सिलवाललाई तु खबर अनलाईन पत्रकारिता पुरस्कारवाट सम्मान गरिएको छ । तु खबर डटकमको ५ औँ बार्षिक उत्सब समारोहको अवसरमा स्थापित तु खबर अनलाईन पत्रकारिता पुरस्कार–२०७८ बाट शनिबार धादिङका पत्रकार सिलवाललाई दश हजार एक राशीको उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपाली पत्रकारिता क्षेत्रमा २०६२ सालदखी निरन्तर क्रियाशिल भई पछिल्लो करिब एक दशक देखी अनलाईन पत्रकारिता मार्फत नागरिकको सूचित हुने अधिकारका निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। सिलवाललाई कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले सम्मान गर्नुभएको हो।
धादिङमा लामो समयदेखी पत्रकारीता पेशामा सक्रिय हुनुभएका पत्रकार सिलवाल यसअघि “हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार”पर्या–पर्यटन फोटो पुरस्कार बाट समेत सम्मानित हुनुभएको थियो। सिलवाल राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेशको अध्यक्ष समेत हुनुहुन्छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |