धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
एजेन्सी
किभ, १७ चैत
युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छन् । रूसी कैदीहरूलाई युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न रुसले ‘नाटकीय भिडियोहरू बनाएर वितरण गरिरहेको’ युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ भालेरी जालुज्नीले दाबी गरेका छन् ।
तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले त्यसबारे तत्काल अनुसन्धान हुने बताएका छन् । उनले भने, ‘म हाम्रा सबै सेना, नागरिक र रक्षा बलहरूलाई सम्झाउन चाहन्छु कि युद्ध बन्दीहरूलाई दुर्व्यवहार गर्नु युद्ध अपराध हो । ’
युक्रेनमा राष्टसंघको मानव अधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले भिडियोको छानबिन गरिने बताइन् ।
के छ भिडियोमा ?
भिडियोमा कब्जा गरिएका सिपाहीहरू जमिनमा देखिन्छन् । उनीहरूमध्ये धेरैको टाउकोमा झोला छ र घाइते खुट्टाबाट रगत बगिरहेको देखिन्छ । उनीहरू कहिले र कसरी घाइते भए भन्ने प्रष्ट छैन् ।
भिडियोको एउटा अंशमा तीन जना मानिसलाई गाडीबाट बाहिर ल्याइन्छ र एक सिपाहीले हतियारले खुट्टामा गोली हानेको देखिन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |