धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
भक्तपुर, १५ चैत
भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उदघाटनको तयारी पूरा भएको जनाए । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।
सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका-८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार छ ।
बजारमा दुईवटा द्वारहरू छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब दुई तीन सय मिटरपूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै छन् ।
आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुईवटा द्वार राखिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरूको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
तरकारी बजारको निर्माण कार्य २०७५ फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेमा खुल्ला रहने छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |