धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
काठमाडौं, १४ चैत
नयाँ वर्ष २०७९ को अवसरमा रानीपाटी टोल सुधार उपभोक्ता समिति काठमाडौको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव गु्रपको व्यवस्थापनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव-२०७८/७९ आयोजना हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला गर्न लागेको महोत्सवका संयोजक शेखर श्रेष्ठले बताए ।
महोत्सवमा एक सयभन्दा बढी स्टल राखिने भएको जनाइएको छ । स्टलको साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरूलाई समेत स्टल उपलब्ध गराइने जनाइएको छ ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्रीको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीको प्रदर्शनी गरिने बताइएको छ ।
महोत्सवमा बिक्री हुने सामानहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने छ । मनोरञ्जनको लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, ब्रेक डान्स, नाउँ, सर्कस, बालबालिकाहरुको खेलौना, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको हांस्यव्यंग्य तथा गीतगायनको प्रस्तुति रहने जनाइएको छ ।
नयाँ २०७९ को पूर्वसन्ध्या अर्थात् २८ चैतबाट सुरु हुने मेला १५ वैशाखमा सम्पन्न हुने छ । महोत्सवमा ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट आसपास जिल्लाका बासिन्दाले समेत लाभ लिन सक्ने विश्वास गरिएको छ ।
महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीलाई ५० र अन्यका लागि ७० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले महोत्सवले नागार्जुन नगरपालिकाको चिनारी बढ्नुका साथै स्थानीयहरुको उत्पादनमा थप बजार पाउने विश्वास व्यक्त गरे ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |