तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
काठमाडौँ, १४ चैत
झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी नगरपालिका–१, नयाँवस्ती हो ।
पर्खिँदा पनि आमा नआएपछि श्रीराम बलामी आत्तिए । उनी चरिमायाका छोरा हुन् । चरिमायाका कान्छा छोरा चाहिँ भीमबहादुर बलामी हुन् । उनी पनि घरमा देखिएनन् ।
रात छिप्पिँदै गयो । न घरमा आमा आउँछिन् न भीमबहादुर नै ।
अघिल्लो दिन २७ फागुनमा भीमबहादुरसँग श्रीरामको झगडा पनि परेको थियो । कुटाकुट हुँदा भीमबहादुरको अनुहारमा चोट लागेको थियो ।
२८ गते बिहानैदेखि उनी घरमा थिइन् । तर, साँझ गोठ गएकी आमा नआएपछि श्रीरामले प्रशान्त बलामीकहाँ पुगे र भने ‘यति राति भइसक्यो । आमा आउनुभएन र खोज्न जाऔँ ।’
कतै लडिइन् कि भनेर उनीहरू सिधै गोठतिर खोज्न गए । गोठ सिमेन्ट र इँटाले बनेको दुई तले छ । माथिल्लो तलामा एउटा खाट छ । श्रीराम र प्रशान्तले त्यही खाटमा सुतिरहेका देखे–भीमबहादुरलाई । जो श्रीरामसँगै अघिल्लो रात झगडापछि घरमा थिएनन् । र, श्रीरामले सोधे, ‘आमा देख्यो ?’
भीमबहादुरले जवाफ दिए, ‘मलाई थाहा छैन । मलाई मेरो घरको कोही पनि चाहिँदैन ।’
भीमबहादुरको जवाफले श्रीरामको मनमा चिसो पस्यो । झरे गोठको तल्लो तलामा । त्यहाँ अस्वाभाविक घाँस, पराल र पत्करको थुप्रो देखे ।
राम्ररी हेर्दा त खुट्टा पो देखे । पत्कर पन्छाएर हेर्दा आमा चरिमाया देखिइन्, मृत अवस्थामा । श्रीरामका अनुसार त्यसबेला आमाको टाउको, नाक र कानदेखि रगत बगिरहेको थियो ।
लगत्तै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीमा खबर गरे । दुवै प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल आइपुगे । र, भीमबहादुरलाई नियन्त्रणमा लिए । शवको प्रकृति मुचुल्का तयार गरे । परीक्षण गर्न शव सदरमुकाम विदुर ल्याए ।
परीक्षण प्रतिवेदनले टाउकोमा गम्भीर चोट पर्दा मृत्यु हुन पुगेको उल्लेख गर्यो ।
अर्कोतिर, भीमबहादुरले घटनाको संलग्नता स्वीकारेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार आइतबार जिल्ला अदालतमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ ।
वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेखित भीमबहादुरको बयानअनुसार २८ फागुनको राति ८÷९ बजेतिर आमा चरिमाया गोठमा गाई÷भैंसीलाई घाँस काट्न आएको देखे ।
आमालाई भने, ‘मलाई भोक लाग्यो । २/३ दिन भइसक्यो खाना नखा’को ।
भीमबहादुर खाली झगडा गर्ने र कहिलेकाहीँ पैसा माग्दा नदिए कुटपिट पनि गर्ने हुनाले आमा चरिमायाले भनिन्, ‘खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।’
यसपछि सम्झाइबुझाइ गर्दा झन गाली गरेको र झापड पनि हानेकीले कोदालो टिपेर टाउको र अनुहारमा हानेर आमा चरिमायालाई हत्या गरेको बयान भीमबहादुरको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा भीमबहादुर जहिल्यै मातेर आमा चरिमायालाई पैसा माग्ने गरेको खुलेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |