Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

यस्तो छ,नेत्रावती डवजोङ गाउँपालिकाको नीति तथा कार्यक्रम(पुर्णपाठ सहित)

४२९ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

धादिङ,१० असार ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को को नीति कार्यक्रम सर्व सम्मत रुपमा पारित गरेको छ । 

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पूर्वाधार तथा संरचना विकास,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकको विकासका लागि पूर्वाधार तथा संरचना विकास,कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो ।

यस्तै कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापन, कोरोना रोकथाम तथा उपचार,स्वास्थ्य तथा आरोग्यता,शैक्षिक विकास तथा सुधार लैंगिक तथा सामाजिक समावेशीकरण र लक्षित वर्ग,खानेपानी सरसफाई,स्वच्छ तथा नविकरणीय उर्जा लगाएतको क्षेत्रलाई प्राथमिकतामा राखीएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष उर्मीला तामाङ(गुरुङ)ले बजेट प्रस्तुन गर्नुभएको थियो । कार्यक्रममा पाँच वटै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारी लगाएको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख कृष्ण बद्रि पौडेलले बताउनुभयो । 

यस्तो छ,आर्थिक बर्ष २०७८/७९ को नीति  तथा कार्यक्रम 

नेत्रावती  डबजोङ गाउँपालिका
सेमजोङ, धादिङ
वार्षिक निति तथा कार्यक्रम

आ.व.२०७८र०७९
२०७८ असार १० गते

नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभाका सभाध्यक्ष, गाउँसभा सदस्य ज्यूहरु, अतिथि ज्यूहरु, सम्पुर्ण कर्मचारीहरु तथा उपस्थित सम्पुर्ण बुबा, आमा, दाजु भाई तथा दिदीवहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

संघीयताको मर्म तथा नेपालको संविधान २०७२ बमोजिम स्थानीय सरकार सञ्चालन भएको चार बर्ष पुरा भइसकेको यो समयमा हामी यहाँ आगामी आ/व/ २०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौ । यो चौँथो बर्षमा स्थानीय सरकार सञ्चालन गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षकहरु, पत्रकारहरु र नागरिकहरुमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ । आगामी दिनमा पनि यस्तै सहयोग, सुझावको अपेक्षा गर्दछौं ।
स्थानीय सरकारको आवधिक समयको अन्तिम बर्षमा जनताका अपेक्षा तथा हाल सम्मको विकास निर्माण तथा सेवा प्रवाहलाई पक्कै पनि यहाँहरुले मूल्यांकन गर्नु भएको छ । मलाई लाग्छ, आम सर्वसाधारण जनताले परिवर्तनको महसुस गर्नुभएको छ । हामी निर्वाचित भएर आए पश्चात् भएका भौतिक, सामाजिक, प्रशासनिक, आर्थिक परिवर्तनमा यस गाउँपालिकाबासी नागरिकहरुको अहमं भूमिका छ । 
 नेपाल सरकारले स्थानीय तह क्षमता मूल्यांकन कार्यविधि, २०७७ ९ीक्ष्क्ब्०तयार गरि सो अनुरुप प्राकृतिक स्रोत तथा वित्त आयोगबाट स्थानीय तहमा बजेट बाडँफाड  गर्ने नीति लिइए बमोजिम हामीले पनि उक्त परिधि भित्र रही हाम्रो सिमीत स्रोत साधनबाट जनताका महत्वपूर्ण अपेक्षालाई अन्तिम बर्ष भए पनि समेट्नु पर्ने चुनौती छ । तथापि ”गाउँगाउँमा सिंहदरवार’ भन्ने गरेको भनाई जस्तै स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सेवा सर्वसाधारण समक्ष पुर्याई सहज रुपमा आवधिक निर्वाचन मार्फत् नयाँ नेतृत्व हस्तान्तरण गर्नु पर्ने चुनौती र अवसर समेत हामीलाई प्राप्त भएको अवस्था छ । हाल सम्म प्राप्त राजनैतिक, सामाजिक, सांस्कृतिक तथा भौतिक उपलब्धिहरुलाई संस्थागत गर्दै यस ४ बर्षे कार्यकालमा भएका कमी कमजोरीलाई सच्याउँदै बाकीँ अवधिमा सहकार्य, समन्वयका साथ गाउँपालिकालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
उपस्थित सम्पूर्ण महानुभावहरुः
अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको चालु आ।व। २०७७र०७८ मा सम्पादित क्रियाकलापको मुख्य मुख्य छोटकरी रुपमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु । 

  •     प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिका, बागमती प्रदेश तथा संघ सरकारको समन्वय, सहकार्य तथा समपुरक अनुदानमा टोड्के देखि गाउँपालिका भवन निर्माण स्थल सम्म कालोपत्रे गर्ने गरी स्थानीय पूर्वाधार विकास आयोजना सँग मिति २०७८।०१।०२ मा  सम्झौता भई सो सडक ठेक्का लाग्ने प्रक्रियामा रहेको र आगामी २ बर्ष भित्र सम्पन्न हुनेछ ।
  •     सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी गर्न बैकिङ्ग प्रणालीबाट नियमित भुक्तानी दिने व्यवस्था मिलाएको छु । साथै विगतका सम्पूर्ण व्यक्तिगत घटना दर्ता म्ष्नष्तष्शबतष्यल गरी तत्पश्चात् ब्यक्तिगत घटना दर्ता सबै वडाहरुमा अनलाइन मार्फत् सेवा प्रवाह हुने व्यवस्था मिलाइएको  छ । सामाजिक सुरक्षामा थप नागरिकको अपनत्व अभिवृद्धि गर्न अपाङ्ग परिचय पत्र घुम्ती सेवा प्रवाह मार्फत् वितरण गरिएको छ ।
  •     नागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापना गर्ने उद्देश्यले वडा नं। ४ मा १५ शैयाको अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु । साथै किन्ताङ्गफेदी स्वास्थ्य इकाइको स्तरोन्नति गरेको छु । स्वास्थ्य चौकीहरुमा थप अक्सिजन सहितको नियमित स्वास्थ्य सेवा सुविधा उपलब्ध भएको छ । आर्युवेद चिकित्सा पद्धति प्रति आम नागरिकको भरोसा अभिवृद्धि गर्न नागरिक आरोग्य केन्द्र स्थापना गरि नियमित सेवा दिन आवश्यक व्यवस्थापन गरिएको छ ।
  •     यस गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र हेराहा ताल संरक्षणार्थ पदमार्ग निर्माण कार्य अगाडी बढाएको छु । साथै बिन्दुकेशर महादेव तिर्थस्थल संरक्षण तथा निर्माण गरी रात्रि समयमा पनि पुजाआजा गर्न सक्ने गरि सौर्य बत्ती जडान गरेको छु ।
  •   नागरिकको जीउ, ज्यान जोखिम देखिएको वर्तमान सन्दर्भमा यस गाउँपालिकाका नागरिक समेत कोभिड(१९ बाट प्रभावित भएको स्थितिमा वडा नं। ५ रिप गाउँमा आइसोलेशन भवन निर्माण गरेको छु । 
  •     यस गाउँपालिका भित्र कृषि क्षेत्रको विकास गरी कृषिलाई वैज्ञानिक बनाउन चालु आ।व।मा गोठ (खोर सुधार कार्यक्रम निरन्तरता तथा प्लाष्टिक टनेल वितरण गरेको छु । साथै कृषकलाई मिनिटिलर उपलब्ध गराएको छु ।

अब म आ।व। २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु । 
उपस्थित सम्पूर्ण गाँउ सभा सदस्य ज्यूहरु,
क. पूर्वाधार तथा संरचना विकासः

  •     निर्वाचित जनप्रतिनिधि आएको चार वर्ष पूरा भईसकको अवस्थामा गाउँपालिकाको सेवालाई जनताको नजिक पुर्याउन आवश्यक कदम चालिनेछ । गाउँपालिकामा पुर्वाधार विकास निर्माणका कार्यहरुलाई जनताले अनुभुत गर्न सक्ने गरी जनमूखी, पारदर्शी, परिणाममूखी बनाईनेछ ।
  •     नेत्रावती डबजोङ गाउँपालिकाले रिङरोड बनाउने योजना अनुसार विस्तृत अध्ययनको काम सकिसकेको छ । आगामी आ।व।०७८।७९ मा संघीय सरकार र प्रदेश सरकार सँग समपूरक अनुदान मार्फत रिङरोडको स्तरोन्नती गरिनेछ । साथै गाउँपालिका भित्रका सम्पुर्ण वडा कार्यालय देखि गाउँपालिकाको कार्यालय सम्मको सडकलाई स्तरोन्नती गरिनेछ ।
  •   उपभोक्ता समितिबाट गरिने सार्वजनिक निर्माणका कार्यमा स्थानीय उपकरणको उपयोगमा बढी जोड दिईनेछ र अनिवार्य रुपमा मेशिनरी औजार प्रयोग गर्नु पर्ने ठाउँमा गाउँपालिकाकै मेसिन प्रयोग गर्न लगाईनेछ । 
  •    उपभोक्ता समितिबाट हुने कार्यलाई प्रभावकारी बनाउन उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई दोसल्ला सहित पुरस्कृत तथा कदरपत्रले सम्मान गरिने नीतिलाई निरन्तरता दिइनेछ । 
  •    सडक निर्माण गर्दा  कुल रकमको ठुलो योजनामा ५ प्रतिशत साना योजनाहरुमा १० प्रतिशत बायोइन्जिनियरिङ लागि खर्च निति लिएको छु ।

ख. आर्थिक विकास
कृषि विकास तथा सहकारी 

  •    सहकारी क्षेत्रमा भइरहेको विकृतिलाई अन्त्य गर्दै सहकारी क्षेत्रलाई रोजगारमुखी बनाइनेछ । एकै प्रकृतीका सहकारीहरु मर्ज गरी गाउँपालिकामा क्षेत्रगत एक सहकारी मात्र सञ्चालन गर्ने नीति लिईनेछ । गाउँपालिकाबाट हुने अनुदानको कार्यक्रममा सहकारी संस्थालाई आवद्ध गरिनेछ ।
  •    सहकारी संस्थाहरु एक आपसमा मर्ज गरेर सक्रिय बनाइने छ । नागरिक, सहकारी र गाउँपालिकाको निष्पक्षिय सम्बन्धबाट कृषि कार्यक्रमहरु अगाडी बढाइने छ । 
  •  राज्यले एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र बनाउने लक्ष्य लिए बमोजिम अगाडी बढिने छ । 
  •   कोरोना महामारीबाट प्रभावित भई स्वदेश फर्केका युवाहरुलाई कृषि पेशामा आवद्ध गराउन आवश्यक कार्यक्रमहरु ल्याईनेछ । कृषि पेशामा स्थानीय युवालाई अग्रसर गराई वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या अत्न्य गराउने लक्ष्य लिएको छ । 

ग. सामाजिक विकासः
शिक्षा युवा तथा खेलकुद

  •   विद्यालय बाहिर शून्य बालबालिका कार्यक्रम संचालन गरिनेछ । जस अन्तर्गत गाउँपालिका भित्रका गरिव, अति विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई शिक्षाको पहुँचमा सहजै पुर्याउन लागि सहायता रकम मार्फत् अध्ययन कार्यक्रम निरन्तरता दिने गरी अगाडी बढाईनेछ । 
  •    सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरु तथा शिक्षिकाहरुलाई शिक्षामा नियमितता कायम राख्न निःशुल्क स्यानिटरी प्याड वितरणलाई निरन्तरता दिइनेछ ।
  •     विद्यालयमा विद्यार्थीको संख्या र आवश्यक शिक्षक संख्या हेरी दरबन्दी मिलानको कार्यक्रम अगाडी बढाइनेछ । 
  •    शैक्षिक सामाग्री व्यवस्थापन तथा प्रविधि मैत्री बनाई पूर्व प्राथमिक शिक्षाको गुणस्तर बृद्धि गर्ने ।

स्वास्थ्य सम्बन्धी नीतिः

  •   भोगटेनीमा निर्माण सम्पन्न भई सकेको १५ शैया अस्पताल सञ्चालनमा ल्याउन प्रशासनिक तथा भौतिक र कार्यालय व्यवस्थापनमा जोड दिइनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनेछ । प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रयाप्त मात्रामा उपलब्ध गराईनेछ । 
  •   स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदै यस आ।व।मा नेत्रावती डबजोङ गाउँपालिकाका सम्पूर्ण नागरिकलाई स्वास्थ्य विमा गराईनेछ । 
  •  गर्भवती महिलाहरु घरमा शुन्य सुत्केरीः गाउँपालिका घोषणाको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिएकोमा यस कायक्रमलाई निरन्तरता दिईनेछ । गर्भवती तथा सुत्केरी महिलाहरुले पाउँदै आएको पोषण भत्तालाई निरन्तरता दिएको छु ।
  •     गर्भवती तथा सुत्केरी महिलाका अतिरिक्त सुनौलो हजार दिनका बालबालिकाको लागि पोषण कार्यक्रम थालनी गरिनेछ ।

लक्षित वर्ग महिला, बालबालिका तथा अन्य

  •   योजना तर्जुमा, कार्यान्वयन तथा नीति निर्माणमा महिला, एकल महिला, दलित, जनजाती, बालबालिका, अपाङ, अल्पसङ्ख्यकको अर्थपूर्ण सहभागिता गराउने नीति लिईनेछ । समावेशीकरणको लागि क्षमता विकास कार्यक्रम र पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेको छु ।
  •    विपन्न तथा पिछडिएका वर्गका महिलाहरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  •  बाल क्लब गठनलाई प्राथमिकता दिई बाल सञ्जाल एवं बालबालिकाको क्षमता विकास सम्बन्धी कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरि बालमैत्री गाउँ तुल्याउने नीति अंगीकार गरिने छ ।
  •  अपांगता भएका व्यक्तिहरुको सम्पर्क हुने सबै भौतिक संरचनालाई अपांगमैत्री बनाउदै लगिनेछ ।
  •   दलित एवं पछाडि परेको वर्गको हक अधिकारको प्रवद्र्धन एवं निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्दै सशक्तिकरण, क्षमता विकास सीप विकस एवं चेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
  •  आदिवासी, जनजाति समुदायको भेषभूषा, कला, साहित्य, भाषा एवं संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागि विशेष पहल गरिनेछ ।

घ. खानेपानी तथा सिंचाई

  •    गाउँपालिका भित्र खानेपानीको मुहान विवाद गर्न नपाईने तथा मुहान दर्ता गर्न नपर्ने नीति लिईएको छ । खानेपानीको अभावलाई मुक्त गर्न आवश्यक व्यवस्था गरिनेछ । खानेपानीको समस्या समाधान गर्न मिटर जडित एक घर एक धारा प्रणालीलाई अवलम्वन गरी खानेपानीको वितरणलाई सहज बनाईनेछ ।
  •   एक घर एक धारा नीति अन्र्तगत आगामी आ।व।सम्ममा बाँकी रहेका घरमा पनि धारा निर्माण गरि गाउँपालिकाका सम्पूर्ण नागरिकमा स्वच्छ खानेपानिको पहुँच पुर्याइने छ ।

ङ. पर्यटन क्षेत्र

  •     पर्यटकीय हव बनाउने उद्धश्य सहित गाउँपालिकाको पर्यटकीय स्थल वाकाराहा नजिक ज्यmभ क्तबथ संचालनमा ल्याउने छ र ज्यmभ क्तबथ क्तबथ प्रर्वद्धनका निमित्त स्थानीय नागरिक तथा युवाहरुलाई सक्रिय बनाईनेछ ।
  •   ‍तामाङ तथा नेवार संस्कृतिको प्रवर्द्धन गर्वको लागि प्रदेश सरकारसँग समन्वय गरि गाउँपालिका भित्र तामाङ तथा नेवार संग्रहालय बनाई गाउँपालिकाको पुरात्वात्तिक सम्पदा लगायत पुराना परम्परा झल्काउने सबै पक्षको संरक्षण र सर्वेक्षण गरिनेछ ।  
  •   पर्यटन पबर्द्धन गर्न पर्यटन सम्मेलन गरी यस ठाउँको सम्भावनालाई प्रचारप्रसार गरिनेछ ।यसले कोरोना भाईरसको कारण थिलोथिलो भएको पर्यटन ब्याबसायलाई केहि हदसम्म माथि उकास्न सहयोग पुर्याउँछ र पर्यटकको संख्यामा बृद्धि हुनेछ ।

च. वातावरण तथा विपद व्यवस्थापन 

  •   विकास कार्यहरु संचालन गर्दा दिगो विकासको अवधारणा अनुरोध वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने नीति अवलम्बन गरिनेछ । 
  •   प्रत्येक वडामा एकरएक वटा समिति निर्माण गरी वन तथा वातावरण संरक्षणका निम्ति परिचालन गरिनेछ ।साथै वन्यजन्तु तथा चराचुरुङ्गीको चोरी सिकारी नियन्त्रण गरिनेछ ।
  •   बाढी नियन्त्रणको लागि जोखिमयुक्त ठाउँमा विरुवा रोप्ने कार्यक्रम तय गरिनेछ । त्यसै गरी बाढी पहिरो हुने भुक्षय नियन्त्रण गर्न र जोखिमयूक्त बस्तीमा नदि खोला नियन्त्रणको लागि आवश्यक तटबन्ध निर्माण कार्यलाई प्राथमिकतामा राखेको छु । 

छ.सूचना प्रविधि,  संस्थागत सेवा प्रवाह र सुशासन

  •   गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट दिईने सम्पूर्ण सेवाहरुलाई छिटो छरितो, भरपर्दो, गुणस्तरीय बनाउन विद्युतीय नागरिक वडापत्र लागु गरिनेछ । सेवालाई सूचना प्रविधि मैत्री बनाई विद्युतीय शासनको अवधारणा लागू गर्ने नीति लिएको छु । कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरी दक्ष बनाइनेछ ।
  •   गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरु एवं विषयगत निकायका कर्मचारीको क्षमता विकास गर्न विभिन्न खाले तालीम एवं सीप विकास सम्बन्धी गोष्ठीहरु आयोजना गर्ने एवं अन्य निकायसँग समन्वय गर्ने निती लिएकोछु ।
  •   सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी एवं व्यवस्थित गरिनेछ । बैकिङ्ग सेवा विस्तार भएकोले सुरक्षा भत्ता वितरण बैंक खाता मार्फत गर्ने वितरणलाई निरन्तरता दिने व्यवस्था मिलाउएको छु । 
  •  गैह्रसरकारी संस्थाको आफुखुसी कार्यक्रम गर्ने पद्धतिलाई अन्त्य गरी आवश्यकतामा आधारित कार्यक्रमलाई गाउँसभाबाट स्वीकृत गरेर मात्र काम गर्न दिईनेछ । गैह्रसरकारी संस्थाको कामकारवाहीको अनुगमन गरी पारदर्शी बनाईनेछ ।
  •   राजश्वको दायरा, प्रक्षेपण तथा पारदर्शिता, औचित्यता, नियमितता र गत वर्षको आयलाई मध्यनजर गरी समय सापेक्ष कर मैत्री शिक्षा, हाम्रो करः हाम्रै विकास निर्माणका लागि भन्ने अभियान सञ्चालन गरिनेछ । 

उपस्थित सम्पूर्ण गाँउ सभा सदस्य ज्यूहरु,

अन्त्यमाः

अघिल्ला आ.व.हरुमा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरु पुरा नभएसम्म निरन्तरता दिने प्रतिवद्धता जनाउदै यस गाउँपालिकाको बजेट निर्माण, नीति कार्यक्रम र निर्णय कार्यान्वयन प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, सेवाग्राही तथा गाउँपालिकाबासी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

दुर्ग कुमार शाक्य
अध्यक्ष

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • “बच्छला सन्देश” पुस्तक विमोचन

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

  • धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल चयन

  • धादिङबेशीमा हुने साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

    धादिङबेशीमा हुने साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

  • समाचार
    धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

    धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

    धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

    धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

    धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर

    धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर

    हुग्दीखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग एकतर्फी बन्द

    हुग्दीखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग एकतर्फी बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0