निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले वाका राह खेलमैदानको स्थलगत निरीक्षण गर्नुभएको छ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ स्थित धादिङ र नुवाकोटको सिमामा अवस्थित वाका राह खेलमैदान निर्माण सम्पन्न भए पश्चात सोमबार जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको टोलीले खेलमैदानको स्थलगत निरीक्षण गर्नुभएको हो ।
जिल्लाकै विशेष महत्व बोकेको वाका रह खेलमैदानको अबलोकनका क्रममा अध्यक्ष तामाङले स्थानिय नेता, खेलाडी, खेलप्रेमि र स्थानिय युवाहरु संग भेटघाट तथा छलफलका साथै खेलकुद सामग्री समेत बितरण गर्नुभएको छ । निरीक्षणमा तामाङ संगै क्लब अध्यक्ष र युवा नेता दिपक तामाङ लगाएतका सहभागी थिए ।
धादिङलाई खेलकुदमय बनाउने योजनाका साथ आफूहरुले युवाहरुलाई एकिकृत गरी खेलकुद सामाग्री वितरण तथा खेलकुद मैदान निर्माण गर्दै आएको जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिङ तामाङ (स्पाटन)ले जानकारी दिनुभयो ।
यसअघि जिल्ला खेलकुद बिकास समितिले धादिङका सबै गाउँपालिका तथा नगरपालिकाका बिध्यालय देखि स्थानिय क्लब र समुहहरुलाइ बजेट ब्यबस्थापन,खेलकुद सामग्री बितरण तथा खेल मैदान निर्माणमा सहयोग गर्दै आइरहेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |