शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
जिल्ला खेलकुद बिकास समिति धादिङले जिल्लाको बिभिन्न स्थानका खेलाडीहरुलाई खेलकुद सामग्री बितरण गरिएको छ । खेलकुद बिकास समितिले धादिङको नीलकण्ठ र धुनीबेशी नगरपालिका, रुवीभ्याली, खनियाँबास, र थाक्रे गाउँपालिकाका युवाहरुलाई फुटवल, भलिवल, नेट, लगायतका खेलकुद सामाग्री बितरण गरेको हो ।
युवाहरुलाई फुर्सदको समयमा खेलकुदमा ब्यस्त गराउनका लागि खेलकुद सामाग्री बिरतण गरिएको जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिङ तामाङ (स्पाटन)ले जानकारी दिनुभयो । धादिङलाई खेलकुदमय बनाउने योजनाका साथ आफूहरुले युवाहरुलाई एकिकृत गरी खेलकुद सामाग्री वितरण तथा खेलकुद मैदान निर्माण गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष तामाङले आफू पनि खेलाडी भएका कारण खेलका माध्यमबाटै युवाहरुलाई सक्रिय,अनुशासन र सहयोगी बनाउने उद्धेश्यले सोही अनुरुप काम गरिरहेको बताउनुभयो ।
यसअघि जिल्ला खेलकुद बिकास समितिले धादिङका सबै गाउँपालिका तथा नगरपालिकाका बिध्यालय देखि स्थानिय क्लब र समुहहरुलाइ बजेट ब्यबस्थापन,खेलकुद सामग्री बितरण तथा खेल मैदान निर्माणमा सहयोग गर्दै आइरहेको छ । धादिङमा खेलमैदानको निर्माण तथा पुर्वाधार बिकासको लागि आवश्यकता अनुसार बजेट छुट्ट्याइएको अध्यक्ष तामाङको भनाई छ ।
जिल्ला खेलकुद बिकास समिति धादिङले यसअघि जिल्लाभर निर्माणधिन खेल मैदान लगायत पुर्बाधारको अबलोकन तथा अनुगमन समेत गरेको अध्यक्ष तामाङले बताउनुभयो । साथै उहाँले केही समय अघि विपन्न परिवारलाई राहत सामग्री देखि पिपिइ, मास्क र सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री समेत बितरण गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |