बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङबेशी,२८ जेष्ठ । धादिङको ज्वालामुखी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिकाका रूपमा प्रमाणित भएको छ । गाउँपालिकाले आज आयोजित एक कार्यक्रममा पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा र दीगोपना प्रमाणीकरण सभा सम्पन्न गरेको हो । गाउँपालिकाले ‘सुनौलो हजार दिन’ कार्यक्रम सञ्चालन कार्यविधि–२०८१ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेको थियो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता दीगोपना निर्देशिका बमोजिम १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको सुनिश्चित गरिएपछि दीगोपना प्रमाणीकरण प्रदान गरिएको जानकारी दिइएको छ ।
गाउँपालिकाका अनुसार आवश्यक मापदण्ड र सूचकहरू पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिकाको प्रमाणिकरण गरिएको हो । गाउँपालिका वडा न ६ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान बिश्वकर्मा,ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै,जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, ज्वालामुखीका प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममार्फत मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत सुत्केरी सेवा प्रवद्र्धन र नियमित खोप सुनिश्चिततामा गाउँपालिकाले हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले स्वास्थ्य सेवा प्रवाहमा योगदान पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा विशेष व्यवस्था गरिने बताउनुभयो । उहाँले खोप, संस्थागत सुत्केरी, आमा सुरक्षा कार्यक्रम, पोषण सुधार, स्वास्थ्य सरसफाइ तथा बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई गाउँ सरकारले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले बालबालिकाको खोप प्राप्त गर्ने अधिकार नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोप तालिका अनुसार सबै बालबालिकालाई खोप उपलब्ध गराउन र संस्थागत सुत्केरीलाई शतप्रतिशत सफल बनाउन ज्वालामूखी गाउँपालिकाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |