धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२२कार्तिक
बैदेशिक रोजगारको सिलसिलामा साउदी गएर सडक दुर्घटनामा मुत्यृ भएका राम बहादुर गुरुङको पहिचाहन खुल्न सकेको छैन ।साउदीमा सडक दुर्घटना पछि साउदी अदालतमा मुद्वा परेको र मुद्वा धादिङ ठेगाना भएका गुरुङको पक्षमा फैसला गरेपनी धादिङ जिल्लाको कुन स्थान हो भन्ने पहिचाहन हुन नसकेको कारण प्रक्रियामा सहयोग गर्न अप्ठेरो भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कार्यक्रम संयोजन दिनेश दुवाडीले जानकारी दिनुभयो । मृत्यु भएका राम बहादुर गुरुङको जिल्ला धादिङमात्र उल्लेख भएकोले समस्या भएको हो ।
साउदीमा मृत्यु भएका रामबहादुर गुरुङको घर धादिङ मात्र खुलेको भन्दै दुवाडीले धादिङको कुन स्थान र घरपरिवार को हो भन्ने खुल्न नसकेको दुवाडीले बताउनुभयो । मृत्यु भएको भन्ने मात्र जानकारी आएको र कहिले उक्त घट्ना भएको भन्ने प्रमाण भेट्टाउन समस्या भएको दुवाडीले बताउनुभयो । साउदी अदालतले गुरुङको पक्षमा फैसला सुनाए पनि क्षतीपुर्तीको लागि गर्नुपर्ने कागजी प्रक्रिया पु¥याउन नसक्दा समस्या भएको आप्रवासी श्रोत केन्द्रका परामर्शकर्ता विनोद ढकालले जानकारी दिनुभयो । ढकालले मृतक गुरुङका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।फोटोः गुगल
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |