प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ,७ कार्तिक
गैर आवासीय नेपाली संघ(एनआरएनए) को आर्थिक सहयोग र अन्तराष्ट्रिय धादिङ समाजको समसन्वयमा बेनिघाट रोराङ गाउँपालिकामा राहत वितरण गरीएको छ । असोज ११ र १२ गते गएको अविरल बर्षाको कारण प्रभावित बनेका चेपाङ समुदायको ५० घरपरिवारलाई राहत वितरण गरीएको हो । हिजो मंगलबार अन्तराष्ट्रिय धादिङ समाजका बरिष्ठ उपाध्यक्ष दिनेश तामाङ,सचिव राजेन्द्र थपलियाले गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको रोहोबरमा राहत सामाग्री वितरण गर्नुभएको हो ।

५० घरपरिवारलाई खाद्यन्न,लत्तकपडा र स्वास्थ्य सरसफाईको सामाग्री वितरण गरीएको हो । प्रति घरपरिवारलाई १० हजार बराबरको सहयोग गरीएको हो । एनआरएनएको आर्थिक सहयोग र अन्तराष्ट्रिय धादिङ समाजको समन्वयमा राहत वितरण गरीएको हो । यसैगरी धादिङको खनियावास गाउँपालिकाकाका पहिरो प्रभावित ५० घरपरिवारलाई पनि राहत वितरण गरीएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |