Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

बेलायतको चर्चित १० नेपालीमा अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल

१२२७ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार (१ साल अघि)
बेलायतको चर्चित १० नेपालीमा अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल

लण्डन् । नेपालब्रिटेन डट कमले वेलायतका विभिन्न क्षेत्रमा कार्यरत १० चर्चित नेपालीहरुको नाम सार्वजनिक गरेको छ । बेलायतबाट संचालित सो अनलाइन प्रोटलले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर आइतवार (१ सेप्टेम्बर) दस जना नेपालीहरुलाई ‘Media Personality Of the Year 2024’ ले सम्मान गरेको हो । सम्मानित हुनु भएका १० व्यक्तित्वहरूमध्य अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल पनि सम्मानित भएका छन्। सम्मानित हुने व्यक्तिमा जीत रानाभाट (मेयर अफ ग्रिनवीच), प्रोफेशर डा. तेजेन्द्र फेराली, समाजसेवी शेर बहादुर सुनार, कलम गुरुङ (व्यवसायी), मोहन कार्की (समाजसेवी), नारायण फुयाल (समाजसेवी मिडल्याण्ड), धन तामाङ (लाटे स्पेसलिस्ट), गोमा पौडेल (पहिलो महिला सेफ) र स्नेहा शाक्य श्रेष्ठ (युवा तथा महिला व्यारिष्टर) रहेका छन् । सम्मानित व्यक्तिहरुलाई लण्डनस्थित स्ट्यानवेल कम्यूनिटी हलमा आयोजित विशेष समारोहमा सम्मानित भए । धादिङ जिल्लामा स्थायी घर भएका खकुरेल बिगत १४ बर्षदेखि बेलायतलाई कार्य क्षेत्र बनाई सामाजिक कार्यमा सक्रिय छन् ।

खेलकुद, स्वास्थ्य, सामाजिक तथा ब्यवसायिक रुपमा युवाहरु माँझ निकै लोकप्रिय छन् । २०१५ मा नेपालमा गएको भूकम्पको समयमा बेलायतबाट निकै मेहनतका साथ औषधि, लत्ताकपडा तथा आर्थिक सहयोग जुटाएर नेपाल पठाएर चर्चामा आएका थिए । उनले स्वास्थ्य, खेलकुल र युवाहरुको सहयोगको लागि आर्थिक संकलन समेत गरेका छन् । बुद्ध फाउनडेसन युकेले ट्राफलगर स्क्वरमा आयोजना गर्दै आएको बुद्ध जयन्ति उत्सवको लागि आर्थिक संयोजकको भुमिका खेले । बुद्द फाउण्डेशन यूकेको संस्थापक कोषाध्यक्ष रहेका खकुरेलको अग्रिम भूमिकामा निर्माणाधीन कपिलवस्तु बृद्दाश्रमको लागि उनको कार्यकालमा करिब ३० हजार पाउण्डको सहयोग नेपाल पठाएका थिए । गैरआवासीय नेपाली संघ यूकेको कार्यसमितिमा रहँदा उनले एनआरएनए यूके च्यारिटी सस्थाको रुपमा दर्ता गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

२०१८ मा एनआरएनए यूकेले गोर्खा कपमा सुरु गरेको स्वास्थ्य शिविर (हेल्थ क्याम्प) को पनि खकुरेलले सहसंयोजकको भूमिका निर्वाह गरे भने २०१९ मा भएको गोर्खा कपमा गरेको स्वास्थ्य शिविरमा संयोजकको भूमिका निर्वाह गरे । कोभिड १९ को सुरुवाती कठिन समयमा साउथ इष्ट लन्डनस्थित ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) ले समुदायका समाजसेवी, स्वयंसेवी, व्यवसायी, नेपालबाट आएका भिजिटर, पत्रकार गरी करिब ५ सय जना भन्दा बढी व्यक्तिलाई खोप व्यवस्था गरेको थियो । उनले कोरानाको महामारी बखत घरबाट बाहिर निस्कन नसक्ने अशक्त ४ सय भन्दा बढी परिवारलाई करिब १५ हजार पाउन्डको निशुल्क खाद्यान्न वितरणमा संयोजनकारी भूमिका खेलेका थिए ।

उनले अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत रकम संकलन अभियानमा ७ दिनमा करिब रु १० लाख संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरेको थियो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न उनले सकृयता देखाए । उनकै संयोजकत्वमा २०२० मा धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न वितरण गरिएको थियो । उनको सहयोग अपिलमा मे २०२० मा धादिङका एन्जल तामाङको उपचार खर्चको लागि १ लाख ३१ हजार ३०६ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरे । खकुरेलको संयोजनमा जुन २०२० मा धादिङका विभिन्न स्वास्थ्य केन्द्रमा डिजिटल हेल्थ क्याम्प सम्पन्न गरी, गाउँमा रहेका दीर्घरोगी, बृद्धबृद्धा, महिलामा हुने स्वास्थ्य समस्याबाट करिब ७ सय बिरामीलाई विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । कोभिडको समयमै धादिङ जिल्लामा अक्सिजन कन्सनट्रेटरको निकै अभाव भएका बेला खकुरेलको प्रमुख संयोजनमा अमेरिका, जापान, अस्ट्रेलिया र बेलायतबाट करीब २५ थान अक्सिजन कन्सनट्रेटर मेसिनलगायत अन्य स्वास्थ्य सामग्रीहरु जिल्लाको विभिन्न ठाउँमा उपलब्ध गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • समाचार
    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0