धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२९असार
नीलकण्ठ नगरपालिकाले कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी कम्पोष्ट मल उत्पादन सुरु गरीएको हो । नीलकण्ठ नगरपालिका र युएसएआईडी तयार नेपालको साझेदारीमा कम्पोष्ट मल उत्पादन सुरु गरीएको हो ।

नगरपालिकाले फोहोरजन्य पदार्थलाई दीर्घकालिन रुपमा व्यवस्थापनमा गर्न खोजेको र ठाउँको समस्याले फोहोरलाई व्यवस्थापनमा चुनौती थपिएकाले मेसिन राखेर मल उत्पादन सुरु गर्न लागेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । “नीलकण्ठ नगरलाई फोहोरबाट मुक्त बनाउने र नमुना नगरका रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजनाअनुरुप अघि बढेका छौँ, दैनिक फोहोर निस्कने तर व्यवस्थापनमा समस्या थियो, परीक्षण सफल भयो, अब मेसिनबाट प्रशोधन हुने भएपछि सहज हुनेछ”, नगर प्रमुख ढुंगानाले भन्नुभयो । अब ९० प्रतिशत फोहोर व्यवस्थापन हुने ढुंगानाले बताउनुभयो ।

अन्य स्थानीय तहमा पनि यस प्रकारको कार्यक्रम सफल भएको भन्दै उहाँले नीलकण्ठ नगरपालिकामा पनि यस कार्यक्रमलाई सफल बनाउने बताउनुभयो । परीक्षणका रुपमा उत्पादन भएको कम्पोष्ट मल किसानहरुलाई वितरण गरिने बताउनुभयो । नीलकण्ठ कम्पोष्ट मलको रुपमा ब्राण्डिङ गरेर विक्रि वितरण गरिने उहाँले बताउनुभयो ।धादिङमा पहिलो पटक मेसिनबाट कुहिने फोहोरजन्य पदार्थ प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य सुरु भएको हो ।

नीलकण्ठ नगरपालिकाका नागरिकहरुलाई फोहोरबाट कसरी कम्पोष्ट मल उत्पादन गर्न सकिन्छ भनेर तालिम प्रदान गरीएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो । फोहोर प्रशोधन मेसिनबाट हप्तामा एक हजार किलो सम्म मल उत्दान गर्न सकिनेछ ।मल उत्पादन गरेपछि ल्याब टेष्ट गरीसकेपछि मात्र बजारमा विक्रि वितरणको लागि पठाईनेछ । नीलकण्ठ नगरपालिकाले अब प्रत्येक दिन कुहिने र नकुहिने फोहोर उठाईने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कुन बार कुन फोहोर उठाउने भन्ने निर्णय हुन बाकि छ अब छिट्टै निर्णय गरेर कार्यन्वयमा जान्छौ सुवेदीले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |