धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले सुविधा सम्पन्न एम्बुलेन्स संचालनमा ल्याएको छ । बागमति प्रदेशसका पुर्ब सांसद जगत बहादुर सिंखडाको बिशेष सहयोग र त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा उक्त एम्बुलेन्स संचालनमा ल्याएको हो ।
शुक्रबार देखि संचालनमा ल्याएको एम्बलेन्समा फोर ह्वील सिस्टम, प्राथमिक उपचारका औषधीहरु, ईमरजेन्सी समस्याका उपकरण लगायत सामाग्रीहरु जडान गरिएको छ । एम्बुलेन्स करिव २५ लाखको लागतमा खरिद गरि ल्याएको हो ।
एम्बुलेन्स हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै पुर्व सासद जगत बहादुर सिम्खडाले बजेटको हिसाबले कम लागत भएपनि एम्बुलेन्सले मानिसको जीवन बचाउने र जीवन दिने हुँदा यो भन्दा अरु ठुलो कुरा हुन नसक्ने भन्दै निर्वाचन क्षेत्र भन्दा जिल्लालाई नै सेवा बिस्तार गर्न सकिने उदेश्यले तत्कालिन समयमा बजेट बिनियोजन गरि आफुले सहयोग गरेको बताउनु भयो ।
हस्तान्तरण समारोहमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङले एम्बुलेन्स संचालन गर्न सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यावाद प्रकट गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |