नवराज पाठक
लेख सार :
अध्ययन–अध्यापन गराउँदा आउने समस्याको पहिचान, समस्या समाधान तथा सुधारका उपायहरु पत्ता लगाउन गरिने खोजमूलक कार्यलाई कार्यमूलक अनुसन्धान भनिन्छ । यो अनुसन्धान शिक्षकले आफ्नो निर्णय एवम् कार्यहरुको गुणात्मक उन्नतिका लागि प्रयोग गरिने अनुसन्धान हो । एउटा असल शिक्षकले शिक्षणका क्रममा आइपरेका समस्याहरु पहिचान गरी उक्त समस्याको समाधान गरी शिक्षणमा सुधार गर्न सिकारु, सिकाइ र गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ ।
काम गर्दै ,अनुभव गर्दै कार्यशैलीमा सुधार ल्याउने र समस्या समाधान गर्ने रणनैतिक कार्य प्रणाली नै कार्यमूलक अनुसन्धान हो । (Action + Research = Action Research) कार्यमूलक अनुसन्धान आफ्नो कार्यस्थलमा आफैबाट योजना, कार्यान्वयन, अवलोकन, स्वप्रत्याबर्तन, परिमार्जन र पुनर्योजना गर्दै तत्कालीन परिस्थितिजन्य समस्याको समाधान खोज्ने मितब्ययी र उत्तम उपाय हो ।
विशेष गरी शिक्षकका दैनिक कार्यका सन्दर्भमा, कक्षा कोठामा हुने शिक्षण सिकाई क्रियाकलापमा तत्काल सुधार ल्याउनको लागि कार्यमूलक अनुसन्धान सञ्चालन गर्ने गरिन्छ । कार्यमूलक अनुुन्धानमा शिक्षक आफैं अनुसन्धान कार्यमा संलग्न भई समस्या समाधान गर्ने कार्य गरिन्छ । यो चक्रिय स्वरूपको हुन्छ ।
यसले शिक्षकलाई प्रवर्तनात्मक हुन, स्वप्रत्यावर्तित हुन, खोजमूलक हुन र पेसागतरूपमा सक्षम हुनमा सहयोग गर्छ । यस लेखमा कार्यमूलक अनुुसन्धानको आवश्यकता वा महत्व, शिक्षकद्वारा गरिने कार्र्यमूलक अनुुसन्धानका क्षेत्रहरुको उदाहरण, कार्र्यमलक अनुुसन्धानको प्रक्रिया कार्यमूलक अनुसन्धानका चक्रहरू तथा कार्यमूलक अध्ययन सम्बन्धी प्रतिवेदनको खाका÷ढाँचाबारे स्पष्ट गरिने प्रयास गरिएको छ ।
कार्यमूलक अनुसन्धानलाई देहायका विविध अवस्थामा प्रयोग गर्न सकिन्छ ।
– विद्यार्थीहरुको सिकाइ समस्या पत्ता लगाउन,
– शिक्षण सिकाइमा उत्कृष्टता हासिल गर्न,
– विद्यार्थीहरुको सिर्जनशीलतामा सहयोग पु¥याउन,
– शिक्षणमा आई परेका समस्याहरु पहिचान गरी समाधान खोज्न,
– शिक्षणलाई लक्ष्य उन्मुख बनाउन,
– शिक्षकलाई शैक्षिक परिवर्तनको बाहकको रुपमा विकास गर्न, शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन, – शिक्षकमा आत्म विश्वास बढाउन र सशक्तिकरण गर्न,
– निरन्तर सिकाइका अवसर मार्फत पेसागत विकास गर्न,
– कक्षा व्यवस्थापनका उपयुक्त ढाँचाहरु प्रयोग गर्न,
– शिक्षण सुधार योजना कार्यान्वयन गर्न,
– सिकाइ सुधारका लागि सहकार्य र सहयोगात्मक सम्बन्ध विस्तार गर्न,
– अभिभावकसँग सम्बन्ध सुधार गर्न,
– कक्षाकोठाको विविधता व्यवस्थापन गरी सबै बालबालिकाहरुको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न,
– शिक्षकलाई शैक्षिक परिवर्तनको संवाहककारुपमा विकास गर्न,
– शिक्षण सिकाइ प्रति शिक्षकको अपनत्व विकास गर्न,
– सिकाइ सुधारका लागि सहकार्य र सहयोगात्मक सम्बन्ध विस्तार गर्न,
– कक्षा कोठालाई सिकाइ प्रयोगशालाकोरुपमा विकास गरी सिकाइका विविध अवसरहरु प्रदान गर्न,
– शैक्षिक प्रविधि एवम् सामग्रीको विकास र प्रयोग गर्न कार्यमूलक अनुसन्धान प्रक्रिया प्रयोग गरिन्छ ।
– कस्तो शिक्षण विधि र शिक्षण सामग्रीको प्रयोग गरेको खण्डमा मैले विद्यार्थीहरुको सहभागिता बढाउन सक्छु ?
– मैले शिक्षण गरेको विषयमा विद्यार्थीैको सिकाइ उपलब्धिमा सुधार ल्याउने उपायहरु के हुनसक्छन् ?
– कसरी कक्षा व्यवस्थापन गरेको खण्डमा विद्यार्थी संख्या धेरै भएको कक्षामा शिक्षण गर्न सकिन्छ ?
– छात्रा तथा अन्य पिछडिएका समुदायका बालबालिकहरुको सिकाइ समस्यालाई म कसरी सहयोग पुर्याउन सक्छु ?
– विद्यार्थीहरुको अंग्रजी बोलीचालीमा सुधार ल्याई अंग्रेजी माध्यमबाट शिक्षण गर्न म के गर्न नयाँ उपायहरु कार्यान्वयन गर्न सक्छु ?
– म मेरा विद्यार्थीहरूलाई सिकाइप्रति कसरी अभिप्रेरित गर्न सक्छु ?
– विद्यार्थीहरूलाई बढी विश्लेषणात्मक तथा सिर्जनात्मक बन्न म कसरी सहयोग गर्न सक्छु ?
– म कसरी सिद्धान्तलाई विद्यार्थीहरूको अभ्याससँग जोड्न सहयोग गर्न सक्छु ?
– म ठूलो कक्षामा सबै विद्यार्थीहरूलाई कसरी सक्रिय र पूर्ण सहभागी गराउन सक्छु ?
– विद्यार्थीहरू मेरो कक्षामा किन चुप लागेर बस्छन् ? प्रश्न सोध्ने तथा अन्तक्र्रिया गर्न रुचाउदैनन् ?
– म मेरा विद्यार्थीहरूमा जीवनपर्यन्त सिकाइ कसरी विकास गराउन सक्छु ?
– औपचारिक परीक्षणविना मैले विद्यार्थीहरूको सिकाइको मापन कसरी गर्न सक्छु ?
– विद्यार्थीहरूमा सहयोगी भावनामा सुधार ल्याउन मैले अभिभावकहरूलाई कसरी सम्मिलित गराउन सक्छु ?
– सिकाइ शैलीका आधारमा सबै विद्यार्थीहरूलाई सिकाइमा कसरी समेट्ने ?
– विद्यार्थीहरूलाई उनीहरूको सिकाइप्रति बढी जिम्मेवार बन्न म के गर्न सक्छु ?
– कक्षामा भएका विभिन्न बुद्धि÷बौद्धिकता÷प्रतिभाका विद्यार्थीहरूलाई सिकाइको समान अवसरका लागि म के गर्न सक्छु ?
– कक्षामा अनुशासन कायम गराउन मैले के गर्न सक्छु ?
– विद्यार्थीहरूमा नेतृत्व सीपको विकास गराउन म के गर्न सक्छु ?
– मेरो कक्षामा बढी जान्ने र कम जान्ने विद्यार्थीहरूलाइसगै समेटेर सिकाइको अवसर प्रदान गर्न के गर्न सक्छु ? आदि.
१. समस्याको पहिचान गर्ने,
२. समस्याको कारणहरु पत्ता लगाउने,
३. समस्या समाधानका लागि उपयुक्त विकल्पहरु पहिचान गर्ने,
४. विकल्पहरु कार्यान्वयन गर्नका लागि कार्ययोजना बनाउने,
५. योजना कार्यान्वयनबाट देखिएको सुधारहरु तथा परिवर्तनहरुको अभिलेख राख्न तथा व्यवहारअवलोकन गरी आएको सुधारसम्बन्धी तथ्यांक तथा सूचना संकलन गर्न उपयुक्त साधनहरु तयार गर्ने,
६. कार्ययोजनाबमोजिम सुधारका विकल्पहरु कार्यान्वयन गर्ने,
७. योजना मुताबिक विकल्पहरु कार्यान्वयन गरिरहँदा के सुधारहरु देखियो अवलोकन गरी सूचना तथा तथ्यांक संकलन गर्ने,
८. प्राप्त सूचना र तथ्यांकको आधारमा केकति सुधार भयो प्रतिविम्बन र समीक्षा गर्ने,
नयाँ अपेक्षित थप सुधारलाई समस्याको रुपमा पुनः पहिचान र परिभाषित गर्ने र दोस्रो चक्रको योजना माथि नं १ देखि ८ मा जस्तै गरी तेस्रो, चौथो, र अन्य चरणहरुको कार्यान्वयनमा जाने ।
बिद्यालयका कक्षाकोठाको शिक्षण सिकाई प्रक्रियामा देखापरेका समस्या समाधानका लागि गरिने व्यवस्थित अध्ययनलाई कार्यमुलक अनुसन्धान भनिन्छ । यस्तो अनुसन्धानले शिक्षण अभ्यासलाई सुधार गर्न बिद्यालयमा आवश्यक निती निर्माण गरि कार्यान्वयनमा ल्याउन सहयोग पु¥याउँदछ । कार्यमुलक अनुसन्धानको पक्रियालाई Stephen Kemmis ले एउटा चक्रिय पक्रिया(Cyclic process) को नमुनाका रूपमा व्याख्या गरेका छन । जसलाई तलको चित्रद्वारा देखाउन सकिन्छ ।
(Cyclical process of Action research)
माथिको चित्रमा देखाए अनुसार कार्यमूलक अनुसन्धान पक्रियामा योजना निर्माण, योजनाको कार्यान्वयन, अबलोकन तथा प्रतिबिम्बन गरि चारवटा चरणहरूहुने गर्दछ । यी चारवटा चरणहरूको छोटो व्याख्या तल गरिएको छ ।
क्रियात्मक अनुसन्धान शिक्षक आफैंले अनुसन्धानकर्ताको रूपमा काम गर्ने भएकोले विद्यालयको व्यवस्थापन, शिक्षण तथा विद्यालयमा अन्य क्षेत्रमा भएका विशेष समस्या/मुद्दाकाबारेमा निदान गर्ने कार्य आफैंले गनुपर्दछ । जसका लागि सम्वन्धित शिक्षकले समस्याको पहिचान गर्न जरुरी हुन्छ ।
समस्या पहिचान गर्ने क्रममा समस्याको प्रकृतिको आधारमा कक्षा शिक्षण गर्दाको अनुभव,विद्यार्थीको पोर्ट फोलियो अध्ययन ,डायरी टिपोट जस्ता माध्यमको प्रयोग गर्न सकिन्छ । समस्या पहिचान पश्चात, विश्लेषण गर्ने र सम्वन्धित कारणहरूको खोजिकार्य पनि गर्न सकिन्छ । यसका अलावा सहकर्मी वा प्रधानाध्यापकसँग समस्याको प्रमाणिकरण गर्ने कार्य समेत गर्न जरुरी हुन्छ । योजना कार्यान्वयन गर्ने क्रममा के काम,कस्का लागि,कसरी, कहिले सम्म र किन प्रश्नको उत्तर आउने गरी रणनीतिक कार्ययोजना तयार गर्दा अझ सहज हुन जान्छ ।
साथै योजना चरणमा समस्याको निदान भएपछि उक्त समस्याको समाधानको लागि गरिने कार्यहरूलाई क्रमबद्धरूपमा गरिने कामहरूको सूचिकरण गर्ने र उद्देश्य निर्धारण गर्ने लगायत विधि, साधन एकिन गर्ने कार्य समेत गर्ने गरिन्छ । सङ्क्षेपमा भन्ने हो भने क्रियात्मक अनुसन्धानको प्रस्ताव तयार गर्ने काम यस चरणमा सम्पन्न हुन्छ ।
कार्यमूलक अनुसन्धानको वास्तविक अनुसन्धान कार्य यस चरणमा सम्पन्न गरिन्छ । यस चरणमा योजना गरे अनुसारका कार्यहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, परिवर्तन गराउने, सुधार ल्याउने अर्थात उद्देश्य पूरा गर्ने गरी कार्य गरिन्छ । योजनामा उल्लिखित उद्देश्य, नमुना, विधि, साधन आदिको अनुसरण गर्ने कार्य गरिन्छ । कार्यान्वयन गर्ने क्रममा निरन्तर प्रतिबिम्बन गर्ने र परिस्थितिअनुसार योजनामा सामान्य हेरफेर पनि गर्नुपर्ने हुनसक्छ तर योजनामा व्यापक हेरफेर गर्ने कार्य भने गर्नु हुँदैन ।
यस चरणमा कार्यान्वयनको क्रममा विभिन्न साधनहरूको उपयोग गरी तथ्यसङ्कलन गर्ने, प्रतिविम्वन जर्नल९च्भाभिअतष्खभ वयगचलब०िको नियमित प्रयोग गर्ने आदि काम सम्पन्न हुन्छ । यसका अलावा आफुले समस्या समाधानको लागि प्रयोग गरेको रणनीतिहरूको प्रयोगका माध्यमबाट विद्र्याीहरूले कसरी सिक्दै छन् उनीहरूको सिकाईमा कति सहज भयो सोको पनि अवलोकन गर्ने गरिन्छ ।
यस कार्यका लागि माथि योजनामा तय गरिइएको विभिन्न अनुसन्धानका विधि र स्रोत साधनको प्रयोग गर्न आवश्यक हुन्छ । यस क्रममा अनुसन्धानमा प्रयोग गरिएका सहभागिहरूको विचार पनि सङ्कलन गर्दै कार्यको प्रतिबिम्बन पनि गर्दै जानु पर्दछ । वास्तवमा भन्ने हो भने शिक्षकले ल्याउन खोजेको सुधार र विद्यार्थीमा आएको परिवर्तनको विभिन्न अवलोकनका साधनका माध्यमबाट गरिने लेखाजोखा नै अवलोकन कार्यका रुपमा सञ्चालन हुन्छ ।
अवलोकनका क्रममा अनुसन्धानकर्ता शिक्षकले आफूले राख्न चाहेको विवरण सङ्कलनका लागि आवश्यकता अनुसार विभिन्न कार्यका टिपोट, चेकलिष्ट, अवलोकन फारम, फोटो, अडियो, भिडियो तयार गर्न सकिन्छ । यसका साथै कार्य अनुसन्धानसम्वन्धी डायरी अर्थात् दैनिकी लेखन पनि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
चिन्तन/प्रतिबिम्बन हरेक चरणमा गर्नुपर्ने कार्य हो तापनि यस चरणमा माथिका तीनै चरणबाट सम्पादित कार्यको समग्र प्रतिबिम्बन कार्य गरिन्छ । उद्देश्य अनुरूपको परिणाम प्राप्त भयो भएन, अपेक्षित परिवर्तन वा सुधार भयो कि भएन, के के कुरा/कार्य राम्रो तथा सन्तोष गर्न लायक भए र कुनकुन कार्य सोचेअनुसार भएनन् भनी चिन्तन गरिन्छ ।
क्रियात्मक अनुसन्धानमा सहयोगी व्यक्तिको प्रतिक्रिया पनि लिईन्छ । प्रारम्भिक नतिजा ÷प्राप्तिबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउने र प्रतिक्रिया लिने गर्न सकिन्छ । कार्यमूलक अनुसन्धानमा माथि उल्लिखित चक्रहरू पुरा गर्दै शिक्षकले कक्षा शिक्षण गर्दा आईपरेका समस्याहरू समाधान गर्ने गरिन्छ । समस्याको प्रकृति अनुसार कुनै समस्या एक दुई चरणमा समाधान हुन्छन् भने कति समस्या समाधानका लागि तीन,चार वटा वा अझ बढि चक्र पनि आवश्यक हुन सक्छ ।
तसर्थ सम्वन्धित शिक्षकले एउटा रणनीतिको प्रयोग पश्चात कति सुधार आयो सोको विश्लेषण वा प्रतिविम्वनका माध्यमबाट यकिन गरी आवश्यकता अनुसार पुनः योजना गरी थप चक्रको माध्यमबाट समस्या समाधान नभए सम्म कार्यमूलक अनुसन्धान सञ्चालन गर्नु पर्दछ ।
पेशाकर्मीले गर्ने अनुसन्धान भएका कारण र विषयको प्रकृति एवम् अध्ययनको रुचिसमेतका आधारमा अनुसन्धानकर्ताले तयार पार्ने प्रतिवेदन र यसको ढाँचामा विविधता हुन सक्दछ तथापी अनुसन्धानकर्ताले प्रतिवेदन कसरी तयारी गर्ने भन्ने विषयमा सजिलोहोस भनेर कार्यमूलक अनुसन्धानको प्रतिवेदनको ढाँचालाई अनुसूची एकमा दिइएको छ । यसका साथै माथि उल्लिखित चरणहरूलाई व्यावहारिक रुपमा तल प्रस्तुत विषयगत उदाहरणबाट अझ प्रष्ट हुन सकिन्छ ।
१.अध्ययनको पृष्ठभूमि
२.समस्याको पहिचान ÷कथन
३.अनुसन्धानको उद्देश्य
४.समस्याका सम्भावित कारणहरु
५.समस्या समाधानका रणनीतिक विकल्पहरु
६. विकल्पहरुको प्राथमिकीकरण
७. पहिलो चक्र योजना, कार्यान्वयन, अवलोकन र प्रतिविम्बन
दोस्रो चक्र : योजना, कार्यान्वयन, अवलोकन र प्रतिविम्बन
८.निष्कर्ष, समस्या समाधानका उपाय तथा कक्षाकोठामा प्राप्त सूचनाको उपयोग
अतः कार्यमूलक अनुसन्धान शिक्षण सिकाइलाई प्रभावकारी बनाउने नवीनतम र वैज्ञानिक प्रक्रिया हो । यो अनुसन्धान शैक्षिक व्यवस्थापनका विभिन्न तह र शिक्षण सिकाइका क्रममा कार्यान्वयन गर्न सकिन्छ । विशेषत शिक्षण कार्यलाई प्रभावकारी बनाउने नवीन पद्धतिको रुपमा प्रयोगमा ल्याउने गरिएको यो अनुसन्धान सुधारमुखी तथा निर्माणात्मक प्रयोजनकालागि कार्यन्वयनकर्ता विशेषत शिक्षा क्षेत्रका सरोकारवालाहरु शिक्षक, प्रधानाध्यापक, निरीक्षक, प्रशिक्षक प्रशासक तथा अन्य प्राविधिज्ञहरुले आफ्नो कार्यसंग सम्बन्धित समस्या वा मुद्दामा केन्द्रित भई गरिन्छ ।
विशेषतः शिक्षणमा (समावेशी शिक्षणमा, विभिन्न विषयमा विशेष सीप सिकाउन, ड्रप आउट घटाउन, बालमैत्री शिक्षण गर्न, प्रयोगात्मक सीप सिकाउन, रचनात्मक र नवीन विधिहरु पत्तालगाउन, निरन्तर मूल्याङ्कनलाई सुधार गर्न, शिक्षकहरुको निरन्तर पेशगत विकास गर्न, शिक्षकहरुले आत्म मूल्याङ्कन गर्न, व्यवस्थापन सुधार गर्न) तालिम प्रशिक्षणमा, निरीक्षणमा, लघुपरियोजना कार्यान्वयनमा, परीक्षा संचालनमा, प्राविधिक सीप प्रशिक्षणमा उपयोगी मानिन्छ ।
यस अनुसन्धानमा सरोकारवालाहरको अर्थपूर्ण भूमिकालाई सुनिश्चित गरिनु पर्छ र शिक्षण सिकाइको सुधार तथा थप उपायहरुको खोजी गर्ने प्रयोजनका निमित्त यस कार्यमूलक अनुसन्धानको उपयुक्तता र सान्दर्भिकता पुष्टि हुनु पर्दछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |