Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास !

नीलकण्ठ एफ.एम १२३१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (४ साल अघि)
गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास !

काठमाडौं, २७ वैशाख

मतदान गर्नेदिन नजिकिँदै जाँदा नेताहरु जित हारको दाउँपेचमा व्यस्त छन् । स्थानीय स्तरको निर्वाचन भए पनि दलका शीर्ष नेताहरुको दौडधुपले गर्दा यसलाई संघीय चुनावको झल्कोको रुपमा लिन सकिन्छ । हुन त संघीय संसद अघि हुन लागेको स्थानीय तहको चुनावमा प्राप्त हुने नतिजाले संघीय नतिजाको एक खालको चित्र देख्न सकिन्छ ।

वैशाख ३० नजिकिँदै गर्दा पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमाले चुनावी सभाहरुमा व्यस्त छ । पाँच दलीय गठबन्धनले अहिले ओलीलाई देखाएर मत आफ्नो पक्षमा पार्न खोजिरहेको छ भने ओली पाँच दलीय गठबन्धनले मिलेर देश ‘लुट्न’ लागेको भन्दै खबरदारी गरिरहेका छन् ।

सामाजिक सञ्जाल र ती दलहरुले गरिरहेको चुनावी सभालाई हेर्दा बाहलवाला र तीन पूर्व प्रधानमन्त्री सहभागी पाँच दलीय गठबन्धनमाथि ओली एक्लै भारी देखिएका छन् ।  एमालेमा भने ओली बाहेकका नेताहरु छायाँ जस्तो देखिएको चुनावी सभाहरुमा देखिएको छ।

एक अर्कालाई देखाएर भोट लिने प्रयास

सत्ता गठबन्धन र नेकपा एमालेले स्थानीय स्तरमा गर्ने विकासका योजना भन्दा एक अर्कालाई देखाएर आगामी स्थानीय निर्वाचनमा भोट पाउन खोजेको पाइएको छ ।

एमालेले गठबन्धनको सत्तो सराप गरिरहेको छ भने पाँच दलका शीर्ष नेताहरुले ओलीलाई गाली गरेर मत बढाउन खोजिरहेका छन् । तर स्थानीय स्तरको चुनाव भएकाले शीर्ष नेताहरुको भाषण भन्दा पनि स्थानीय स्तरमा रहेका उम्मेदवारहरुलाई हेरेर मत प्रभावित हुने निश्चित छ ।

गठबन्धन भित्रै त्रास

स्थानीय तह निर्वाचनका क्रममा तल्लो तहसम्म गठबन्धन गरेर अघि बढ्ने र सत्ता गठबन्धनका दलहरु बाहेकसँग तालमेल नगर्ने नीति लिएका गठबन्धनका दलहरुले त्यस अनुरुपमा व्यवहार गर्न सकेनन् ।

वडा स्तरसम्म गठबन्धन गर्ने भनिएको भए पनि महानगरमा मात्र गठबन्धन भएको छ । अन्य कतिपय स्थानमा मेयर र उपमेयर तथा प्रमुख र उपप्रमुखका लागि गठबन्धन भए पनि वडा स्तरमा भने दलहरु एक्ला एक्लै वा दुई दल मिलेर चुनावी मैदानमा उत्रिएका देखिएका छन् ।

कतै माओवादी र समाजवादी त कतै कांग्रेस र माओवादीबीच तालमेल भएको छ । गठबन्धन नभएर एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका स्थानमा गठबन्धनका दलहरुबीच झडप र कुटाकुट भएका विवरणहरु आइरहेका छन् ।

भरतपुर/पोखरा महानगर लगायतका स्थानमा कांग्रेसका मतदाताले इमान्दारिताका साथ गठबन्धनका उम्मेदवार विशेषगरी भरतपुरमा माओवादी र पोखरामा एकीकृत समाजवादीलाई मत दिँदैनन् कि भन्ने त्रास ति दलमा देखिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले त एक समाचारमा दिएको एक अन्तर्वार्ताका क्रममा कांग्रेसले आफूहरुलाई पुरस्कार दिनु पर्नेमा अहंकार देखाएको बताएसँगै गठबन्धनका दलमा शीर्ष नेताहरुबीचको अविश्वासलाई उजागर गरेको छ । ‘कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ । हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ । तर चित्त दुखाएर बस्ने बेला होइन ‘ अध्यक्ष नेपालले भनेका छन् ।

आफूहरुको पक्षमा मेयर उपमेयर रहेका पालिका पनि नदिइएकोमा उनको चित्त दुखाइ थियो । ‘हाम्रो शक्ति त सीधा देखिएको छ । हाम्रो पक्षमा मेयर, उपमेयर भएका पालिकामा पनि हामीलाई दिइएन । नाम चलेको नेताका पछि हजारौं कार्यकर्ता, लाखौं जनता छन्’ उनले भनेका छन् ।

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कतै भरतपुर महानगरमा पुत्री रेनु दाहाललाई कांग्रेसले मत नदेला भन्ने त्रास रहेको छ । जसले गर्दा रेनुले हार्दा देश दुर्घटनामा पर्ने चेतावनी उनले दिए । चितवनमा आयोजित सभामा उनले भनेका थिए ‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो। समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भनेका थिए, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ।’

गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास

यतिबेला सत्ता गठबन्धन ओलीलाई देखाएर मत बढाउन केन्द्रीत देखिएको छ । त्यसका लागि गठबन्धन दलका शीर्ष नेतृत्वले ओलीले फेरि संसद विघटन गर्ने त्रास जनतामा बाढिरहेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं ओलीले जिते फेरि संसद र स्थानीय तह विघटनको खतरा रहेको दाबी गर्दै जनतामा कतै भंग भइहाल्ने हो कि भन्ने त्रास गठबन्धनले दिन खोजिरहेको छ । सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो त्रास देखाएका हुन् ।

‘विरोध गर्ने बितिक्कै संसद विघटन गर्न मिल्छ। संसद विघटन गर्नै पाइँदैन । जबरजस्ती भंग गर्नुभयो । दुई तिहाइ बहुमत आए पनि संसद भंग गरिहाल्ने फिर्ता ल्याए पनि चल्न नदिने प्रवृत्ति छ,’देउवाले भने,‘त्यस कारण एमालेलाई जिताएर के फेरि संसद भंग गर्ने हो र । ओली जीको पार्टी ल्याउनु भनेको संसद भंग गराउनु हो। त्यस्तो पार्टीलाई सरकारमा फेरि ल्याउनु हुँदैन ।’

उनले यसो भनिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि ओली त्रास जनतामा देखाइरहेका छन् ।

त्यति मात्र होइन प्रचण्डले गठबन्धनको पक्षमा मत नदिने देश दुर्घटनामा पर्छ भन्दै चेतावनी दिइरहेका छन् । ओलीलाई देखाएर सत्ता गठबन्धनले भोट बढाउन खोजिरहँदा ओलीले गठबन्धनलाई त्रास देखाएका छन् ।

गठबन्धन र विशेष गरि प्रचण्ड माधव माथि खनिने गरेका ओलीले पछिल्ला दिनमा गठबन्धनको भविष्य असार १७ गते देखिने भन्दै नयाँ तुरुप फालेका छन् जसले गठबन्धनका दललाई झस्काएको छ । उनले उक्त मितिलाई जोड दिइरहेका छन् तर त्यसलाई ज्योतिषशास्त्रसँग जोडेर ।

जे काम पनि ज्योतिषिलाई हेराएर प्रधानमन्त्री देउवाले काम गर्ने गरेको भन्दै उनले उक्त तिथी मितिबारे देउवाका ज्योतिषिलाई सोध्न भने ।  शनिबार विराटगरमा ओलीले भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा असाध्यै विश्वास गर्नुहुन्छ । त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ? मैले दिन नै तोकिदिएको छु, असार १७, कस्ता कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् भनेर मैले भनेको छु ।’

असार १७ मा समस्या आउने भए पनि गठबन्धनको ठूलो खड्को वैशाख ३० मै रहेको ओलीको दाबी छ । उनले स्थानीय निर्वाचन पछि गठबन्धन नचल्ने र आगामी सरकार आफू नेतृत्वको हुने भन्दै गठबन्धनलाई चुनौती दिइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 

    कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 

  • नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

  • २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन

    २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन

  • सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

    सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

  • समाचार
    कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 

    कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 

    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

    २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन

    २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन

    सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

    सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0