प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङबेशी । जिल्ला प्रशासन कार्यालय धादिङ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।
कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार निर्वाचन आयोगको निर्देशन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मिति २०८२ मंसिर १४ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिराजन्य पदार्थको बिक्री, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको हो।
सूचनामा सम्बन्धित सबै व्यवसायी, वितरक तथा आम सर्वसाधारणलाई उक्त निर्णयको पालना गर्न आग्रह गरिएको छ। आदेश उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
यसैबीच, निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा आम नागरिकसँग सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |