Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

१२२३ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार (१ घण्टा अघि)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

धादिङबेशी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ–२ का उम्मेदवार बोधनारायण श्रेष्ठले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन्। रुबीभ्याली, ज्वालामुखी र धादिङबेशीबाट एकसाथ आयोजित कार्यक्रममा श्रेष्ठले “सुशासनको आधार, रास्वपाको सरकार” भन्ने मूल नारासहित विकास र रूपान्तरणको स्पष्ट खाका अघि सारेका हुन्।

वाचा पत्रमा भौगोलिक विकटता, बेरोजगारी तथा वैदेशिक पलायन, कृषि उत्पादनमा गिरावट, भ्रष्टाचार र कमजोर पूर्वाधारलाई क्षेत्रका प्रमुख समस्याका रूपमा औँल्याइएको छ। यी समस्याको दीगो समाधानका लागि श्रेष्ठले सुशासन र संस्थागत सुधारलाई पहिलो प्राथमिकतामा राखेका छन्।

सुशासन र पारदर्शिता प्राथमिकतामा

श्रेष्ठले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन र प्रहरी ऐनलगायत लामो समयदेखि अड्किएका कानुन टुंग्याउने प्रतिबद्धता जनाएका छन्। हरेक चार महिनामा संसदमा आफ्नो कार्यप्रगति सार्वजनिक गर्ने, सबै सरकारी कार्यालयको पूर्ण डिजिटाइजेसन गर्ने तथा नागरिक सहभागितामा आधारित पारदर्शी शासन प्रणाली लागू गर्ने उनको घोषणा छ।

उत्पादनमुखी अर्थतन्त्र र रोजगारी सिर्जना

कृषि, पर्यटन, उद्योग र ऊर्जालाई प्राथमिकतामा राख्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने योजना उनले अघि सारेका छन्। स्टार्टअप प्रवर्द्धन, सहकारी सुदृढीकरण, Contract Farming, ई–बजार प्रणाली विकास, IT तालिम र डिजिटल सीपमार्फत युवालाई स्वदेशमै रोजगारीमा जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

धादिङका उत्तरी भेगका खनिज स्रोतको वैज्ञानिक उपयोग, जडीबुटी तथा कृषि–आधारित प्रशोधन उद्योग स्थापना र ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सबल बनाउने उनको लक्ष्य छ।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा

हरेक पालिकामा एम्बुलेन्स सेवा, टेलिमेडिसिन विस्तार, मातृ तथा शिशु स्वास्थ्यमा विशेष प्राथमिकता र सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना वाचा पत्रमा उल्लेख छ।
शिक्षा क्षेत्रमा ICT पूर्वाधार विस्तार, ‘सिक्दै, कमाउँदै, रमाउँदै’ अवधारणामा आधारित व्यावहारिक शिक्षा प्रणाली लागू गर्ने र उच्च शिक्षा तथा रोजगारीबीच प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता जनाइएको छ।

पूर्वाधार र कनेक्टिभिटीमा जोड

धादिङ–त्रिशूली सडक स्तरोन्नति, ग्रामीण सडकको नियमित मर्मत प्रणाली, उच्च गतिको इन्टरनेट सेवा विस्तार, स्वच्छ खानेपानी र सिँचाइ पूर्वाधार विस्तारलाई उनले प्राथमिक एजेन्डा बनाएका छन्। बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गर्ने उल्लेख पनि वाचा पत्रमा छ।

वातावरण, विपद् व्यवस्थापन र समावेशी विकास

“हरित बस्ती, हरित सडक” अभियान सञ्चालन, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू, विपद् व्यवस्थापन कोष स्थापना तथा समावेशी र न्यायपूर्ण विकास नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विदेशबाट फर्किएका युवाको सीप र पूँजीलाई जिल्लाको विकासमा जोड्ने तथा Brain Drain लाई Brain Gain मा रूपान्तरण गर्ने स्पष्ट नीति ल्याउने श्रेष्ठको भनाइ छ। कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले आफू विकास, सुशासन र जिम्मेवार नेतृत्वका लागि उम्मेदवारी दिएको उल्लेख गर्दै धादिङ–२ लाई नमूना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याए।

“तपाईंको एक मत, तपाईंको विकास” भन्ने अपिलसहित उनले फागुन २१ गते घण्टी चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • समाचार
    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0