निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । धादिङ जिल्लाको दिगो विकास र आर्थिक सुदृढीकरणलाई केन्द्रमा राख्दै “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ दशौँ धादिङ महोत्सव धादिङबेसी खुल्ला मञ्चमा जारी रहेको छ ।

माघ १५ गतेदेखि सुरु भएको महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा माघ १६ गते बालकुमार श्रेष्ठ, थानेश्वर गौतम, सागर बीसी, कमला घिमिरे, मधु रसायली, हरी सुनार, कमला परियार, सन्जु दुत्रराज र रोस्मित अधिकारी लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
त्यसैगरी माघ १७ गतेका प्रमुख आकर्षणका रूपमा शान्ति श्री परियार, विष्णु खत्री, मनमाया वाइवा, देव आले, सिता केसी, सञ्जु लामा तथा कार्यक्रम सञ्चालक सितल शर्मा लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरु बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको छ । भैरवी मन्दिरको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै सबै स्थानीय तहका विशेष उत्पादन समेट्ने गरी स्टल व्यवस्थापन गरिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन विकास तथा जिल्लाको समग्र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |