नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, २९ पुस ।
सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा तथा सिद्धलेक गाउँपालिकाको समन्वयमा विद्यालय तहका बालबालिकाका लागि श्रवण, दृष्टि तथा दन्त परीक्षणसहितको स्वास्थ्य परीक्षण गरिएको हो।
कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष सविता अर्याल, प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, वडा नं. ४ का वडाध्यक्ष झक बहादुर थापा मगर तथा स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीको उपस्थिति रहेको थियो।
विद्यालय तहका बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक उपचार तथा परामर्श सेवामा सहयोग पु¥याउनु उद्धेश्य रहेको गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्य सुरक्षासँगै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
स्वास्थ्य परीक्षण कार्यक्रममा धादिङ अस्पताल र तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |