नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,पुस २८ गते ।
धादिङबेसीमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम संचालन गरिएको छ । नीलकण्ठ नगरपालिकाको समन्वयमा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा एक्सन नेपाल धादिङको सहजीकरण कार्यक्रम संचालन गरिएको हो ।

कृषक तथा कृषि उद्यमीको व्यवसायिक क्षमता अभिवृद्धि, बजार पहुँच सुदृढिकरण र नवप्रवर्तनको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले बताउनुभयो । उहाँले नीलकण्ठ नगरपालिकाभित्र उत्पादन हुने कृषि उपजलाई प्रशोधन केन्द्रमार्फत मूल्य अभिवृद्धि गरी धादिङको छुट्टै पहिचानसहित बजारमा बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

कार्यक्रम उद्धघाटन समारोहलाई सम्बोधन गनुहुँदै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले कृषिमा आत्मनिर्भरता हासिल गर्न कृषकको सम्मान, मानसिकता परिवर्तन र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले विषादीमुक्त उत्पादन र स्थानीय सरकारको सहकार्यमार्फत नीलकण्ठलाई विषादीमुक्त नगरपालिका बनाउने लक्ष्य रहेको पनि जोड दिनुभयो।

विगत दुई वर्षदेखि संचालन भइरहेको तरकारी मूल्य श्रृंखलामा नविनता परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १५०९ घरधुरीका कृषकहरुलाई ६० समूहमार्फत तालिम प्रदान गरिएको थियो। ती समूहबाट प्राप्त ६६ आवेदन मध्ये उत्कृष्ट २५ कृषकलाई कार्यक्रममा सम्मान गरिएको छ । जलवायु मैत्री प्रविधि, उत्पादन क्षमता र नेतृत्व क्षमताका आधारमा छनोट गरी सम्मान गरिएको हो।

हेफर इन्टरनेशनल नेपालका कृषि बजार विकास प्रमुख डा. राजकुमार अधिकारीका अनुसार, छनोट भएका कृषकहरुलाई तीन दिने व्यवसाय विकास तालिम प्रदान गरिनेछ । साथै उनीहरुलाई डिजिटल प्लेटफर्म ‘जियो–कृषि’को प्रिमियम सदस्यता उपलब्ध गराइने र आगामी छ महिनासम्म उद्यम विकासमा केन्द्रित कार्ययोजना तयार गरिनेछ। उहाँका अनुसार आगामी दिनमा उक्त २५ कृषकहरुले आफनो कृषि व्यवसायमा कार्ययोजना बनाइ गरिएको कार्य सम्पादनको स्थलगत अनुगमन र भोटिङका आधारमा उत्कृष्ट १० कृषक छनोट गरिने र प्रोत्साहन स्वरुप प्रति कृषक नगद ७५ हजारका दरले पुरस्कृत गरिने छ ।
उक्त उत्कृष्ट १० कृषकले आफनो व्यवसायको दिर्घकालिन तथा नविनतम योजना प्रस्तुत गर्ने र सोही योजनाका आधारमा उत्कृष्ट ३ जना कृषक छनोट गरिने एक्सन नेपालका व्यवसाय विकास अधिकृत सुसिल खनालले बताउनुभयो । उक्त ३ जनालाई प्रोत्साहन स्वरुप कृषि सामाग्री प्रदान गरिने खनालको भनाइ छ ।

कार्यक्रममा कृषि विकास कार्यालय धादिङका कृषि अर्थ विज्ञ प्रेम बहादुर कुँवरले कृषि पेशालाई उद्यमको रुपमा विकास गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो।
एक्सन नेपालले प्रदान गरेको तालिमपछि तरकारी खेतीमा व्यवसायिक योजना बनाउने, खर्च–आम्दानीको लेखाजोखा राख्ने र वैज्ञानिक तरिकाले खेती गर्ने ज्ञान प्राप्त भएको कार्यक्रममा सहभागी कृषक सारदा नेपालले बताउनुभयो । यसअघि योजना बिना खेती हुँदै आएको भए पनि तालिमपछि नर्सरी व्यवस्थापन र रोग नियन्त्रणबारे बुझाइ बढेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा अझै खेती क्षेत्र विस्तार गर्ने आत्मविश्वास बढेको समेत उल्लेख गर्नुभयो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेलको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता एव वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नगरपालिकाका कृषि शाखाका समुन्द्र श्रेष्ठ, तारा बहादुर खत्री, ग्लोबल आइएमइ बैंकका प्रतिनिधि, हेफर इन्टरनेशन्ल नेपालका प्रतिनिधिहरु, कृषि विकास कार्यलयका कृषि अर्थ विज्ञ प्रेम बहादुर कुवर लगायत कृषकहरुको सहभागिता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |