प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ, २८ पुस ।
नीलकण्ठ नगरपालिका–९ स्थित मुरली भन्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष दुर्गा दुवाडीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नीलकण्ठ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजन बराइली प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष बराइलीले सहकारी सेयर सदस्यहरूको आफ्नै साझा संस्था भएकाले यसको सम्पत्ति, भविष्य र दिगोपनाको जिम्मेवारी सबै सदस्यको रहेको उल्लेख गर्नुभयो। एकताबद्ध रूपमा अघि बढे मात्र सहकारीलाई बलियो र दीगो बनाउन सकिन्छ,उहाँले भन्नुभयो ।
उहाँले साना किसान सहकारीले कृषक तथा सेयर सदस्यको हितमा बिमा, कृषि, पशुपालनलगायत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको भन्दै आगामी दिनमा अझ बढी कृषिमै केन्द्रित भई आर्थिक सशक्तिकरणमा योगदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, नीति नियमको दायराभित्र रहेर सहकारीलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउन स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभाका अवसरमा उत्कृष्ट बाल बचतकर्ता १० जनालाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो । उत्कृष्ट बचत गर्ने दुई समूह र असल ऋण कारोबार गर्ने २० जनालाई सम्मान गर्नुका साथै उत्कृष्ट तरकारी खेती, उत्कृष्ट कुखुरा पालन, उत्कृष्ट भैँसी पालन र उत्कृष्ट दूध उत्पादन गर्ने चार जना उत्कृष्ट कृषि व्यवसायीलाई समेत सम्मान गरिएको थियो।
२०६६ सालमा स्थापना भएको उक्त सहकारी संस्थाको कुल सेयर पूँजी १ करोड ५३ लाख १७ हजार ३०० रुपैयाँ रहेको छ। नीलकण्ठ नगरपालिका–८ र ९ कार्यक्षेत्र रहेको सहकारीमा १ हजार २६१ जना सेयर सदस्य आबद्ध छन् ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |