नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२७ पुस
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा वडा नम्बर ८ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो।
वडा नम्बर ८ को गोगनपानीमा आयोजित कार्यक्रममा स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
वडा अध्यक्ष विशाल लुंगेली मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादेको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य मदकुमार श्रेष्ठ, गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारी लगायतको विशेष आतित्थ्यता रहेको थियो ।यसअघि गल्छीको वडा नम्बर १, २ र ७ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।बालअधिकार संरक्षण, बालविवाह न्यूनीकरण, बालश्रम अन्त्य तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र सहभागितामा उल्लेखनीय उपलब्धि हासिल भएकाले वडा घोषणा गरिएको वडा अध्यक्ष लुङ्गेली मगरले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |