प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, पुस २७।
एन प्याब्सन धादिङले स्थापना दिवस तथा राष्ट्रिय एकता दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ। नीलकण्ठ नगरपालिका–३ शान्तिटोलमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभुत विशेष विद्यालयमा अध्ययनरत बालबालिकाका खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।
विद्यालयलाई चामल २ बोरा, नुन ३ केजी , दाल ३ केजी, सुन्तला ५ केजी, चिनि १ केजी, चिउरा ३ केजी सहयोग गरिएको एनप्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा एनप्याब्सन नेपालका केन्द्रीय सदस्य काशीनाथ कोइरालाको उपस्थितिमा एनप्याब्सन धादिङका निर्वतमान अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले २ थान म्याट र सदस्य विशाल श्रेष्ठले बिस्कुट सहयोग गर्नुभएको थियो।
स्थापनादिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अपाङ्गता भएका बालबालिकाको पोषण तथा शिक्षामा टेवा पु¥याउने उद्देश्यले सहयोग गरिएको एनप्याब्सन धादिङले जनाएको छ।
हाल नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा ३० जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत रहेका छन्। सहयोगप्रति विद्यालय परिवारले एनप्याब्सन धादिङप्रति आभार व्यक्त गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |