नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२४ पुस
नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूका लागि एकदिने मानसिक स्वास्थ्य सचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यप्रतिको बुझाइ अभिवृद्धि गर्ने तथा तनाव व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा धादिङका नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजिकरण गर्नुभएको थियो। सहजिकरणका क्रममा उहाँले स्वास्थ्यको समग्र परिभाषा, मानसिक स्वास्थ्य भनेको के हो, मानसिक रूपमा स्वस्थ व्यक्तिमा देखिने व्यवहारहरू, मनोसामाजिक अवधारणाको अर्थ तथा मनोसामाजिक समस्या उत्पन्न हुने कारणहरूबारे सहजिकरण गर्नुभएको थियो ।

त्यसैगरी मानसिक स्वास्थ्य समस्याका कारण बढ्दै गएको आत्महत्याको अवस्थाबारे चर्चा गर्दै मानसिक सुस्वास्थ्य कायम राख्न अपनाउन सकिने उपायहरू, तनाव व्यवस्थापनका व्यवहारिक तरिका तथा सकारात्मक सोचको महत्वबारे जानकारी गराउनुभएको थियो। सहजिकरणका क्रममा दैनिक जीवनमा आइपर्ने तनाव र दबाबलाई कसरी सामना गर्ने तरिकाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता गोमा जम्कट्टेलले गाउँपालिकाले मनोसामाजिक समस्या भएका व्यक्तिहरुको घरमै गएर निशुल्क सेवा प्रवाह गरीरहेको बताउनुभयो । साथै उहाँले मनोसामाजिक समस्या भए खुलेर कुरागर्न र परामर्शको लागि आउनको लागि आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले लिखु गाउँपालिकाले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक तथा सहयोगी कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य समस्यालाई लुकाएर होइन, खुलेर स्वीकार गरी समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनहरूमा पनि लिखु गाउँपालिकाले मानसिक स्वास्थ्य क्षेत्रमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले यस्ता कार्यक्रमले कार्यक्षेत्रमा देखिने मानसिक तनाव न्यूनीकरण गर्न तथा व्यक्तिगत र व्यावसायिक जीवन सन्तुलनमा राख्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्। गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्षहरु,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु,वडा सचिव,स्वास्थ्य चौकी ईन्चार्ज लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |