नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी,२० पौष । नेकपा एमाले धादिङ जिल्ला कमिटीको बैठकले उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो।
जिल्ला कमिटीको बैठकले केन्द्रीय कमिटिमा निर्वाचित नेताहरूलाई सम्मानसमेत गरेको छ। सम्मानित हुने नेताहरूमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, केन्द्रीय सदस्य डा. खेमप्रसाद लोहनी र भूमि त्रिपाठी रहेका छन्।
जिल्ला कमिटीको बैठककै अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा पार्टीको नीति, विचार र संगठन निर्माणमा पुर्याएको योगदानको कदर गर्दै नेताहरूलाई सम्मान गरिएको नेकपा एमाले धादिङ जिल्ला कमिटीले जनाएको छ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित गरिएको जिम्मेवारी हस्तान्तरण र सम्मान कार्यक्रमले जिल्लामा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय हुने विश्वास गरिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |