नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,पुस २० गते ।
सिद्धलेकमा गाउँपालिका वडा नं.– ३ सलाङस्थित स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल, धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह–आयोजनामो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा जनरल स्वास्थ्य परीक्षण, पाठेघरको स्वास्थ्य जाँच र भिआईए परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा, दाँतसम्बन्धी उपचार, साथै निःशुल्क औषधि वितरण गरिएको थियो।

शिविरलाई सम्बोधन गर्नुहुँदै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले निरन्तर प्राथमिकता दिएको बताउनुभएको छ । यस शिविरले गाउँपालिकाद्वारा निर्मित पाँच शैयाको नयाँ भवनको क्षमता उपयोग गर्दै स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा नजिकै प्रदान गर्ने अवसर सिर्जना गरेकोमा खुशी व्यक्त गर्नुभएको छ।
उहाँले“आगामी दिनमा पनि नागरिकको पहुँच सहज हुनेगरी स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने” बताउनुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीले पनि यस्ता स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्तर उकास्न महत्त्वपूर्ण योगदान पु–याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुले सशस्त्र प्रहरी बल र गाउँपालिकाबीचको सहकार्यले सेवामूलक कार्यक्रमलाई सफल बनाएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल, धादिङका गुल्मपती माला आवाले आफुहरु जनताको सेवामा प्रतिबद्ध रहेको बताउँदै उहाँले यो स्वास्थ्य शिविरमा संलग्न डाक्टर, स्वास्थ्यकर्मी, दाताहरू र स्वयंसेवकलाई धन्यवाद दिनुभएको छ ।
गाउँपालिकाका वडा अध्यक्ष देव बहादुर पुलामीले शिविरमार्फत विशेष गरी विपन्न परिवारका नागरिकलाई स्वास्थ्य, स्टेसनरी र न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभएको छ । उहाँले सोधपुछ र परीक्षण गर्ने चिकित्सकहरूको उपलब्धता गाउँलेहरूको लागि सहज र लाभदायी भएको बताउनुभएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |