नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२० पुस
सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङस्थित स्वास्थ्य चौकीमा बृहत स्वास्थ्य शिवर तथा न्यानो कपडा वितरण गरीएको छ। सशस्त्र प्रहरी बल धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह–आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविरमा जनरल स्वास्थ्य परीक्षण, पाठेघर खस्ने समस्याको जाँच तथा भिआईए परीक्षण, गर्भवती महिलाहरूका लागि भिडियो एक्स–रे सेवा, दाँतसम्बन्धी सम्पूर्ण उपचार सेवा तथा निःशुल्क औषधी वितरण गरिएकोे छ । जाडो समयमा विपन्न नागरिकहरुलाई निशुल्क न्यानो कपडा वितरण गरीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै जनताको हकहितका लागि यस्ता स्वास्थ्य शिविरहरू गाउँ–गाउँमा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नागरिकको पहुँच सहज हुने गरी स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्वास्थ्य शिविरबाट स्थानीय बासिन्दाहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |