नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी, १९ पौष । धादिङमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार बन्न इच्छुक नेताहरूले निवेदन दर्ता गराएका छन् । नेकपा एमाले धादिङका निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन चाहने नेताहरूले औपचारिक रूपमा निवेदन पेश गरेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा डा. खेम प्रसाद लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा. रामकुमार अधिकारी, चन्द्र रिजाल, उमेश थापा, कृष्णकुमारी थापा, शम्भु थापा र धनबहादुर घलेले प्रतिनिधिसभा उम्मेदवारका लागि निवेदन दिएका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को समन्वय कमिटी बैठकमा भूमि त्रिपाठी, कमला शर्मा, मिनराज कँडेल, दीपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया र कपिल अधिकारीले उम्मेदवारीका लागि निवेदन दर्ता गराएका छन् ।
पार्टीको विधान र निर्णयअनुसार निर्वाचन क्षेत्रीय समन्वय कमिटीले निवेदन दिएका नेताहरूको नामावली जिल्ला कमिटीमा पठाउने जनाएको छ । जिल्ला कमिटीले आवश्यक छलफल र मूल्यांकनपछि ती नामहरूलाई नेकपा एमाले केन्द्रीय कमिटीमा सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र उम्मेदवार छनोट प्रक्रिया तीव्र पारिएको नेकपा एमाले धादिङले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |