नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी,१९ पौष । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संघको अध्यक्षमा सिता दुवाडी खनाललाई निर्वीरोध अध्यक्षमा निर्वाचित गरेको छ । यस अघि खनाल कार्यबहाक अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।
आज निर्वाचित संचालक समितिको उपाध्यक्षमा तुलसी प्र. अधिकारी, सचिवमा शान्त बिक्रम बानिया, कोषाध्यक्षमा राज कुमार श्रेष्ठ चयन हुनुभएको छ त्यसैगरी सदस्यहरुमा कृष्ण प्र. सिलवाल,रामहरि बराकोटी, खिल कुमारी पोखरेल तिवारी, नबिन कुमार श्रेष्ठ र उर्मिला रेग्गी चयन हुनु भएको छ ।
त्यसै गरी साधारण सभाले चमेली बगालेको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा बलराम खत्रि र राजाराम पाठक चयन हुनुभएको छ ।
साधारणसभा वागमती प्रोस्कूनको सञ्चालक समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष नवराज शर्मा र वागमती प्रदेश सहकारी संघका महासचिव नेत्रराज पौडेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |