नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी १९, पौष । धादिङबेशीमा मुक्तिनाथ विकास बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार धादिङबेशीस्थित क्षेत्रीय कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा ४८ जना पुरुष र ११ जना महिला गरी जम्मा ५९ जनाले रक्तदान गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको २० औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकका क्षेत्रीय प्रमुख धुव्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायप्रति उत्तरदायी हुँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले प्राविधिक सहयोग गरेको थियो । रक्तदानमा बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
क्षेत्रीय प्रमुख रेग्मीले आगामी दिनहरूमा पनि यस किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने बैंकको धारणा रहेको बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |