Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

५८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (२ घण्टा अघि)
राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

धादिङबेशी, पुस १८ । धादिङको रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङले राज्यका जिम्मेवार निकायहरूले आफ्नो कर्तव्य इमानदारितापूर्वक निभाउन नसक्दा दुर्गम क्षेत्रको विकास र समृद्धि ओझेलमा परेको बताउनुभएको छ।

बुधबार धादिङबेशीमा जिल्लाका पत्रकारहरूका लागि आयोजित ‘डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा एआई (AI) को प्रयोग’ सम्बन्धी एकदिने तालिमको उद्घाटन गर्दै अध्यक्ष तामाङले यस्तो धारणा राख्नुभएको हो।

“राज्यका अङ्गहरू अनुशासित भएनन्”

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले संघीय, प्रदेश तहका सरकार र राज्यका अन्य जिम्मेवार निकायहरूले जिम्मेवारीपूर्ण ढङ्गले काम नगरेको अनुभव सुनाउनुभयो। “यदि सबै इमानदार भएको खण्डमा हाम्रो भूगोल असाध्यै सुन्दर र देश सानो छ, विकास गर्न समय लाग्दैन,” उहाँले भन्नुभयो, “तर मेरो अनुभूतिमा राज्यका जिम्मेवार अङ्गहरू अनुशासित र जिम्मेवारीप्रति गम्भीर देखिएका छैनन्।”

विपद् व्यवस्थापनमा विभेदको गुनासो

अध्यक्ष तामाङले जिल्ला विपद् व्यवस्थापन समितिको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गर्नु भएको छ । पहुँच वाला स्थानिय तहको सामान्य नाली बाढीले बगाउँदा माइन्युट हुने तर रुवी भ्यालीमा चार महिनासम्म सडक अवरुद्ध भएर जनताले सास्ती पाउँदा पनि सुनुवाइ नहुने गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो। “अस्ति विपद्को मिटिङमा म ठूलो स्वरले पड्किएँ,” उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाम र दुर्गम पालिकालाई हेर्ने राज्यको दृष्टिकोणमा ठूलो खाडल छ।”

रुवी भ्यालीको स्रोत र कानुनी जटिलता

रुवी भ्याली बहुमूल्य पत्थर (क्रिष्टल, रुवी), जडिबुटी र जलविद्युतको धनी भए तापनि संघीय कानुन र स्थानीय सरकारको अधिकारबीचको द्वन्द्वले गर्दा ती स्रोतको उपयोग हुन नसकेको उहाँले बताउनुभयो।

  • बहुमूल्य पत्थर: “रुवी भ्यालीको भित्ता-भित्तामा विश्वकै चर्चित स्टोनहरू छन्, तर कानुनी जटिलताका कारण हामीले न त्यसलाई करको दायरामा ल्याउन सकेका छौं, न व्यवस्थापन गर्न,” उहाँले भन्नुभयो।

  • हाइड्रो पावर: आँखु खोलामा बनिरहेका २४-२५ मेगावाटका हाइड्रो प्रोजेक्टहरूलाई जिल्लाको आयस्रोत र विकासको बहसको विषय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

पत्रकारिताप्रति अपेक्षा

पत्रकारितालाई राज्यको चौथो अङ्ग मात्र नभई ‘जिम्मेवार अङ्ग’ का रूपमा परिभाषित गर्दै अध्यक्ष तामाङले विकास र समाज सुधारमा मिडियाको ठूलो भूमिका हुने बताउनुभयो। रुवी भ्यालीलाई पर्यटकीय हब बनाउन गाउँपालिकाले गुरुयोजना बनाएको जानकारी दिँदै उहाँले यहाँको प्रचारप्रसारमा कलम चलाइदिन पत्रकारहरूलाई आग्रह गर्नुभयो। डिजिटल प्रविधिको विकाससँगै पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने र ओझेलमा परेका बिषयबस्तुलाई बहसमा ल्याउनुपर्ने उहाँको सुझाव थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

  • सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

  • निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

  • समाचार
    राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

    राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0