निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,१२ पुस
बागमती प्रदेश स्तरीय अन्तर जिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिताको उपाधी धादिङले जितेको छ ।सिन्धुपाल्चोकलाई सोझो सेटमा पराजित गर्दै धादिङ च्याम्पियन बनेको हो। फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई २५–१०, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–७ को फराकिलो अन्तरले हराएको हो ।धादिङले उपाधी हात पारेसँगै नगद २ लाख रुपैयाँ पुरस्कार जितेको छ । फाईनलमा पराजित भएको उपविजेतामा चित्त बुझाएको सिन्धुपाल्चोकले १ लाख रुपैयाँ हात पारेको छ।

यस्तै तेस्रो स्थानका लागि भएको खेलमा रामेछापले नुवाकोटलाई पराजित गर्दै ५० हजार रुपैयाँ पुरस्कार जितेको छ। प्रतियोगिता अवधिमा विभिन्न विधामा उत्कृष्ट प्रर्दशन खेलाडीहरुलाई पनि पुरस्कृत गरीएको छ । जसमा बेस्ट स्पाइकरः सलिना गुरुङ (धादिङ),बेस्ट डिफेन्डरः जमुना गुरुङ (धादिङ),बेस्ट सेटरः भावना तामाङ (धादिङ),बेस्ट ब्लकरः वाल्मिका आचार्य (धादिङ),बेस्ट सर्भरः एलिसा श्रेष्ठ(रामेछाप),उत्कृष्ट खेलाडीः रेविका तामाङ (धादिङ) ले जित्नुभएको छ ।
धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालन भएको बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल आज सम्पन्न भएको हो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |