धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङबेशी,५ पौष । ज्वालामुखी गाउँपालिकाको आयोजनामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज औपचारिक रूपमा समापन भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
प्रतियोगितामा त्रिपुरासुन्दरी माध्यमिक विद्यालय, ज्वालामुखी–५, खरीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण १२, रजत ५ र कास्य ३ पदक जितेको छ । त्यसैगरी सुनखानी माध्यमिक विद्यालय, ज्वालामुखी–६, सुनखानीले स्वर्ण १०, रजत ७ र कास्य ११ पदक प्राप्त गरेको छ । अन्नपूर्ण माध्यमिक विद्यालय, ज्वालामुखी–५, सुनखानीले स्वर्ण ६, रजत ७ र कास्य ८ पदक हात पार्न सफल भयो ।
समापन समारोह ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने गाउँपालिकाका पूर्व अध्यक्ष विनोदराज तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह लगायतको आतिथ्यता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मन्त्री अधिकारीले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले ग्रामीण तहमा लुकेका प्रतिभा उजागर गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले आफ्नो जन्मभूमिको ऋण तिर्न र आधुनिक नेपाल निर्माणका लागि युवा पुस्तासँग सहकार्य गर्न तयार रहेको उद्घोष गर्नुभयो । उहाँले आफ्नो ७७–७८ वर्षको राजनीतिक यात्रा स्मरण गर्दै नयाँ ’जेन्जी’ पुस्ताको परिवर्तनको चाहनालाई सलाम गर्नुभयो । “तपाईँहरू जस्तै सानो उमेरदेखि म राजनीतिमा होमिएको हुँ,“ उहाँले भन्नुभयो, “आजको डिजिटल संसारमा युवाहरूले जे सोचेका छन्, त्यहीअनुसारको प्रगति लोकतन्त्रमा मात्र सम्भव छ ।“ उहाँले लोकतन्त्र समाप्त भए विकासका सबै ढोका बन्द हुने चेतावनी दिँदै यसको रक्षाका लागि सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष दनैले राष्ट्रपति रनिङ शिल्डले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गरेको र आगामी दिनमा अझ व्यवस्थित रूपमा प्रतियोगिता संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजनाले ज्वालामुखी गाउँपालिकामा खेलकुदको वातावरण थप सशक्त बनेको सहभागीहरुले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |