निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी, ५ पौष । धादिङको गंगाजमुना गाउँपालिकामा रहेको कालिका देवी आधारभूत विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले शैक्षिक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना गरेको थियो ।

कार्यक्रम अन्तर्गत कक्षा ३, ४ र ५ का विद्यार्थीहरूबीच अनुच्छेद लेखन प्रतियोगिता सम्पन्न गरिएको थियो । कक्षा ३ का विद्यार्थीहरूका लागि “मलाई मन पर्ने चाडपर्व”, कक्षा ४ का लागि “मेरो जीवनको लक्ष्य” र कक्षा ५ का लागि “हामी र हाम्रो वातावरण” विषयमा अनुच्छेद लेखन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्ना विचार र सिर्जनात्मक क्षमताहरू प्रस्तुत गरेका थिए । निर्णायक समितिको मूल्याङ्कनका आधारमा कक्षा ३, ४ र ५ तर्फ क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमकै अवसरमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले यस्ता सृजनात्मक गतिविधिले विद्यार्थीको लेखन क्षमता, सोच र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |