प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ,४ पुस
ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ।गाउँपालिकाको चित्रेकालिका खेलमैदानमा प्रतियोगिता आजदेखि सुरु भएको हो।प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा विद्यालयका विद्यार्थी सहभागी छन् ।मार्चपास सहित सुरु भएको प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो उत्साहजनक प्रस्तुति राखेका थिए । विद्यार्थीहरूले भलिबल, कबड्डी, तेक्वान्दो र दौड जस्ता विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं निवर्तमान पालिका अध्यक्ष विनोदराज तिमल्सिनाले खेलकुदका तीन मुख्य आधार विकास, अनुशासन र गतिशीलता रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “जबसम्म हामीमा अनुशासन रहँदैन,तबसम्म हामी एउटा असल खेलाडी बन्न सक्दैनौं“।उहाँले विद्यार्थीहरूलाई अनुशासित,नैतिकवान, चरित्रवान र लगनशील बन्न आग्रह गर्दै खेलकुदलाई केवल जित–हारको माध्यम मात्र नभई व्यक्तित्व विकासको कडीको रूपमा लिन सुझाव दिनुभयो ।

गाउँपालिका भित्रका विद्यालय स्तरका प्रतिभावान खेलाडीहरू छनोट गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।स्थानीय तहबाटै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो।उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने गाउँपालिकाले जनाएको छ। आजदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारसम्म चल्नेछ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको प्रतियोगिता उद्धघाटन कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष विनोदराज तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा उपाध्यक्ष धर्मबहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत हरेराम साह, विभिन्न वडाध्यक्षहरू,शिक्षक, खेलकुदकर्मी तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |