निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेसी, २७ मंसिर । नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने दोस्रो धादिङबेसी सडक नेवाः खाना उत्सव–२०८२ आज समापन हुँदैछ । झिंगु नेवाः समाज धादिङको आयोजनामा दुईदिने उत्सव शुक्रबारदेखि धादिङबेसीको मुख्य बजार बिचबजार क्षेत्रमा सुरु भएको हो ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले उत्सवको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले यस्ता सांस्कृतिक तथा खानाका उत्सवले स्थानीय पर्यटन प्रवर्द्धनसँगै समग्र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । धादिङबेसीलाई नेवारी भोजनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनातर्फ संकेत गर्दै उहाँले सबै समुदायका संस्कार र संस्कृतिलाई संरक्षण तथा प्रोत्साहन गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेवाः संस्कृतिको संरक्षण गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सडक नेवाः खाना उत्सव आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष सम्पन्न पहिलो नेवाः खाना उत्सव अपेक्षाभन्दा बढी सफल भएपछि यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।
धादिङबेसी बिचबजार चोकदेखि त्रिवेणी चोकसम्म फैलिएको उत्सवमा योमरी, चटामरी, बारा, समयबाजी, छोइला, सपुमिचा लगायत परम्परागत नेवारी खानाका परिकारको स्वाद लिन पाइने व्यवस्था गरिएको छ । साथै, नेवार समुदायको सांस्कृतिक पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुति र कार्यक्रमहरूले उत्सवलाई थप आकर्षक बनाएको छ ।
‘हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना गरिएको यस उत्सवले नेवारी खानाका परिकार र पोशाकप्रति युवापुस्ताको आकर्षण बढाउने अपेक्षा आयोजकको छ । नेवारी संस्कृति र खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आर्थिक उपार्जनमा समेत योगदान पुग्ने विश्वास लिइएको छ ।
अध्यक्ष श्रेष्ठले धादिङबेसीवासी तथा बाहिर रहेका सबै नेपालीलाई स्थानीय संस्कृति, पहिचान र व्यापार प्रवर्द्धनमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |