निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी,२७ मंसिर । रोटरी क्लब अफ धादिङले बेनिघाट रोराङ-५ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत १६९ असहाय तथा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। क्लबका सदस्यहरूले आफैं जुटाएको करिब दुई लाख रुपैयाँ बराबरको टिसर्ट र ट्रयाकसुट वितरण गरिएको हो।

कार्यक्रममा क्लबका अध्यक्ष डा. रामचन्द्र रिजालले असहाय बालबालिकालाई न्यानो कपडा वितरण गर्न पाउँदा क्लब सबै सदस्य खुशी भएको बताए। रोटरी ईन्टरनेशनल ३२९२ का असिस्टेन्ट गर्भनर रोटरीयन अशोक कुमार बस्नेतले सामाजिक कार्य र बालबालिकाको विकासमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो र यस अवसरमा क्लबका पदाधिकारीहरूले समुदायका कमजोर वर्गलाई सहयोग गर्नु रोटरीको प्रमुख उद्देश्य रहेको बताउँदै भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रम जारी रहने बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. रामचन्द्र रिजाल, संस्थापक अध्यक्ष ध्रुव बहादुर थापा, पूर्व अध्यक्ष अशोक कुमार बस्नेत, कृष्णलाल उप्रेती, रोहित भण्डारी, सुदिप रसाइली, वडा अध्यक्ष रोशन सिलवाल, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी लगायत रोटरीयन र रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो।
न्यानो कपडा वितरणमा रामकुमार डल्लाकोटी, उमेश रूवाली, संदेश त्रिपाठी, तुलसी थापा, रोहित भण्डारी, अशोक कुमार बस्नेत, तिलक सिंखडा सहितका रोटरीयन र रो. रामचन्द्र उप्रेति (हाल–अमेरिका) को विशेष सहयोग रहेको थियो।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |