निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी,१९ मंसिर । धादिङको बेनीघाट–रोराङ गाउँपालिकाले २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममार्फत पालिकाका १० वडाबाट छानिएका १० उत्कृष्ट स्वास्थ्य बालबालिकालाई पोषण अवस्थाको मूल्याङ्कनका आधारमा नगदसहित सम्मान प्रदान गरिएको छ । यस्तै साविकका गा.वि.स.हरूको मूल्याङ्कनका आधारमा ४ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ४ पोषण स्वयंसेवकलाई पनि नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रमको अवसरमा न्यूनतम सेवा मापदण्डको आधारमा २ उत्कृष्ट स्वास्थ्य संस्थालाई प्रत्येकलाई रु. ५०,००० का दरले सम्मान प्रदान गरिएको थिया । ५० हजार नगद सहित सम्मानित हुनेमा जोगीमारा स्वास्थ्य चौकी र महादेवस्थान स्वास्थ्य चौकी रहेका छन् । दिवसकै अवसर पारेर पालिकाले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्ने १ पारामेडिक्स, १ नर्सिङ स्टाफ र १ कार्यालय सहयोगीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका विभिन्न गैरसरकारी संस्था तथा व्यक्तिहरूलाई सम्मान छ । लामो समयसम्म समर्पित सेवा प्रदान गरेका २ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिशेष सम्मानका साथ विदाई गरिएको छ ।
कार्यक्रममा ३७ वर्ष ५ महिना जनस्वास्थ्य अधिकृतका रूपमा निरन्तर सेवा प्रदान गर्दै सेवा निवृत्त भएका स्वास्थ्य क्षेत्रका धरोहर बाबुराम कौडाललाई विशेष सम्मान प्रदान गरिएको थियो ।
फोटो फिचर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |