प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१३ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयमा पूर्व–प्राथमिक तहका विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय निर्देशक तथा शैक्षिक व्यत्तित्व नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मनोज पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठ लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व–प्राथमिक तहका विद्यार्थी, शिक्षक तथा अभिभावकको भूमिकाबारे प्रमुख प्रशिक्षक मनोज पण्डित सहजिकरण गर्नुभएको थियो ।

अभिभावकलाई बालबालिकाको सिकाइमा दिनुपर्ने घरायसी सहयोग, शिक्षकको पठन–पाठनमा अपनाइने विधि तथा विद्यार्थीले सिकाइ प्रक्रियामा देखाउनुपर्ने सक्रियताको विषयमा छलफल भएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चिल्ड्रेनपार्क आवासिय माविमा पुर्व प्राथमिक तहमा सिपिएस (CPS) मोडेल अन्तरगत पठन पाठन सन्चालन हुदै आएको छ Complete Per School System अन्तर्गत सिकाइ–सुधारका उपाय, बालमैत्री वातावरण निर्माण तथा अभिभावक–शिक्षक सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागीलाई विस्तृत प्रशिक्षण प्रदान गरिएको पुर्व प्राथमिकत तह ईन्चार्ज अनिता शाक्यले जानकारी दिनुभयो ।कार्यक्रममा पुर्व प्राथमिक तहका विद्यार्थीहरुले विषयबस्तुमा रहेर सिकाई क्रियाकलपाहरुको प्रस्तुत गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |