प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ, असोज ९ ।
धादिङको गजुरी गाउँपालिकाले दशैमा घर फर्कने गजुरीवासीलाई निशुल्क यातायात उपलब्ध गराउने भएको छ । काठमाडौँमा विभिन्न पेशा व्यवसाय गरेर बसेका गजुरीवासीकोे सुरक्षित यात्राको लागि तीन दिन निशुल्क बस सेवा संचालन गर्ने भएको हो ।
टिकटको अभावमा यात्रुहरू हैरान हुने र बसमा चाप अत्यधिक हुने भएकाले नागरीकहरुको सुरक्षित र सहज यात्राको लागि यो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार असोज ११, १२ र १३ गते काठमाडौँको वाफलस्थित स्युचाटार पुलबाट बिहान १० बजे र दिउँसो ३ बजे बेल्खु हुँदै मलेखुसम्म निःशुल्क बस सञ्चालन गरिनेछ। असोज १३ गते भने बिहान ११ बजे मात्र बस छुट्ने व्यवस्था गरिएको छ । अग्रिम सम्पर्क गरेर आफ्नो सिट सुरक्षित पनि गर्न पनि सकिनेछ ।
“गत वर्ष हामीले अटो र मोटरसाइकलमार्फत नागरिकलाई सहयोग गरेका थियौं। त्यसबाट धेरैले लाभ लिनुभयो। यसपालि भने हामीले बस नै सञ्चालन गर्ने निर्णय गरेका छौं,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म ५०–६० जनाले अग्रिम सिट सुरक्षित गरिसकेका छन्।
निःशुल्क यातायात सेवाको लाभ लिन गजुरीवासीले नागरिकता, मतदाता परिचयपत्र वा कुनै आधिकारिक पहिचानपत्र अनिवार्य साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस सेवाले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको नागरिकले चाडपर्वमा सजिलै आफ्ना घर परिवारसँग मिलनको खुसी मनाउन पाउनु हो।” गाउँपालिकाले यसअघि पनि विभिन्न जनमुखी कार्यक्रम ल्याउँदै आएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |